तारामानको अध्यक्षतामा होलिकाको नयाँ कार्यसमिति
Saturday, January 7th, 2023, 9:29 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ पुष
तारामान कुवंरको अध्यक्षतामा होलिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति चयन गरिएको छ । होलिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारण सभाबाट शनिबार तारामान कुवंरको अध्यक्षतामा नौं सदस्यीय कार्यसमिति चयन भएको हो ।
सो साधारण सभामा जेष्ठ नागरिक बचतकर्ता न्उछे मानन्धर तथा लक्ष्मीदेवि श्रेष्ठ, छात्रवृत्तिमा एसईईमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका सन्तानकोतर्फबाट लक्की श्रेष्ठ र भुवन गिरी संगै असल बचत कर्ता र असल ऋणी ५–५ जनालाई संस्थाले सम्मान समेत गरेको थियो ।

……….
सोही साधारण सभाले भीम बहादुर गुरुङको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति समेत निर्वाचित गरेको होलिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक किशोर बहादुर थापाले जानकारी दिए ।
सभामा संचालकको तर्फबाट अध्यक्षले, सचिव, लेखा सुपरिवेक्षण समितीले र कोषाध्यक्षले प्रतिवेदन पेश गरेका थिए । साथै आर्थिक वर्ष २०७९–०८० को लागी लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण, आर्थिक वर्ष २०७९–०८० को कार्ययोजना र अनुमानित बजेट स्विकृत गर्ने सम्बन्धमा, आर्थिक वर्ष २०७८–०७९ को साधारण सभा खर्च अनुमोदन बारे र आर्थिक वर्ष २०७८–०७९ को लेखापरिक्षणको प्रतिवेदन स्वीकृत गर्ने सम्बन्धमा प्रस्तावित प्रस्तावहरुका बारेमा निर्णय गरिएको थियो । नेपालगन्जको न्युरोडमा रहेको सहकारीमा १२ सय ५१ जना सेयर सदस्य रहेका छन् ।
जसको कुल शेयर पुजी एक करोड १६ लाख ४३ हजार पाँच सय रहेको छ ।