थप आर्कषक बन्दैं नेपालगन्जमा हुने वेस्र्टन ट्रार्भल मार्ट
Monday, January 9th, 2023, 8:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ पुष
पर्यटन व्यवसायीहरुको व्यवसायिक विकास, विस्तार र अन्तर्राष्ट्रिय स्रोत बजारका टुर अपरेटर एवम् पर्यटन व्यवसायीसँग व्यवसायिक सम्बन्ध स्थापित गर्ने उद्देश्य सहित आयोजना गर्न लागिएको वेस्र्टन ट्रार्भल मार्टमा आर्कषक इभेन्ट्का रुपमा फाम ट्रीप थपिएको छ । जसले मार्ट थप आर्कषक बन्दै गएको आयोजकले बताएको छ । ‘गेटवेए अफ वेस्र्टन नेपाल’ भन्ने नारा हरेको फाम ट्रीपले पश्चिम नेपालको पर्यटकीय गन्त्व्यहरुको पहिचान, प्रवद्र्धन र बजारीकरणमा सहयोग गर्ने उद्देश्य लिएको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा थपिएको इभेन्ट्सले मार्टलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने वेस्र्टन ट्रार्भल मार्टको आयोजक कमिटिका अध्यक्ष श्रीराम सिग्देलले बताए ।
पश्चिम नेपालका पर्यटन गतिविधि तथा गन्तब्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपाल पर्यटन वोर्ड र नाट्टा बाँके च्याप्टरको संयुक्त आयोजना तथा नेपालगन्ज उप–महानगरपालिका, पर्यटन प्रवद्र्धन मन्च बाँके, होटल एशोसियशन अफ नेपाल (हान) बाँके, होटेल व्यवसायी संघ बाँके लगायतका संघसस्थाहरुको सहकार्यमा वेस्र्टन ट्राभल मार्ट नेपालगन्जमा हुँदैछ । सोमबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले यहि माघ १५, १६ र १७ गते नेपालगन्जमा सो कार्यक्रम संचालन गर्न लागेको जानकारी दिए ।
नेपाल पर्यटन वोर्डका प्रमुख कार्यकारि अध्यक्ष डाक्टर धनन्जय रेग्मीले सो कार्यक्रमले भारतको सबै क्षेत्रमा यहाँका पर्यटकीय गन्तव्यहरुका बारेमा बजारीकरण गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए । कार्यक्रममा सहभागि हुन नेपाल आउँदै गरेका सम्पुर्ण सहभागीलाई जति धेरै पश्चिम नेपाल चिनाउन सक्यो त्यति नै प्रभावकारी रुपमा भारतीयलाई नेपालतर्फ आकर्षित गर्न सफल भईने उल्लेख गरे ।
‘अन्तभन्दा यहाँ मैले धेरै सम्भावना देखेको किन हो भने, यहाँ मानसरोबरलाई लक्षित गरेर मात्रै बजारीकरण गर्न सक्यौं भनेपनि धेरै ठुलो संख्यामा पर्यटक भित्र्याउन सक्छौ । अब हामीले दिल्लीबाट ‘बाईरोड’ हुँदै नेपालगन्जको बाटो पनि आउन सकिन्छ भन्ने कुरा बताउन र जानकारी दिन जरुरी छ । यो बाटो लामो पनि छैन । दिल्लीबाट काठमाण्डौ, काठमाण्डौबाट नेपालगन्ज भएर आउनु भन्दा त दिल्लीबाट सिधै नेपालगन्ज पनि आउन सकिन्छ भन्ने कुरा हामीले प्रचार–प्रसार गर्न सकेमात्रै पनि यहाँ अत्यधिक प्रर्यटक भित्र्याउन सकिन्छ ।’– उनले भने ।
उनले वेस्टर्न ट्राभल मार्ट नेपालको आयोजनामा हुन गैरहेको त्यस कार्यक्रममा ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डियाबाट कार्यकारी निकाय समेत ७५ जना, भारतीय बजारमा बजारीकरण गर्न भारतीय सिमावर्ती शहरका ४० जना र आन्तरिक पर्यटन ब्यवसायीहरु करिब ३०० जना ट्राभल टुर अपरेटर, भ्लगर र मिडिया ईन्फुलुयन्सरहरुको सहभागिता रहने जानकारी दिए ।
नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलका अनुसार ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डियामा आबद्ध भारतका ७५ भन्दा बढी वरिष्ठ पर्यटन व्यवसायी सो कार्यक्रममा सहभागी हुन नेपालगन्ज आउने छन्, भने काठमाडौं लगायत सातै प्रदेशका पर्यटन व्यवसायीहरु समेत यहिं भेला हुनेछन् । जसले स्थानीय संस्कृति, टूर प्याकेज र लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगमा पर्यटन प्रबर्धनका विषयमा बृहत छलफल गर्नेछन् ।
सोहि कार्यक्रममा सहभागी भारतीय टुर अपरेटरहरु र नेपालका पर्यटन व्यवसायी सहभागी गराई कैलाश मानसरोवर दुरदर्शनका लागि प्रयास गर्ने बताईएको छ ।
साथै कर्णाली नदीमा राफ्टिङ, बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जभित्र जंगल सफारी, स्थानीय साँस्कृतिक झाँकीहरुको अवलोकन गराउनुका साथै नेपालगन्जका होटेल तथा क्यासिनोहरुको भ्रमण गराई प्रत्यक्ष अनभुव प्रदान गरिने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।
जति हल्ला गर्न सक्यो त्यति पर्यटन भित्र्याउन सकिने भन्दै अध्यक्ष सिग्देलले बाँकेका स्थानिय तहले पर्यटन प्रबर्धनमा एउटा ह्युमपाईप किन्ने बराबरको रकम प्रर्यटनका लागि भने छुट्याएको गुनासो गरेका छन् ।