हान बाँके अध्यक्षमा दिवाकर खनाल निर्वाचित
Monday, January 9th, 2023, 9:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ पुष
नेपालगन्जको चर्चित होटल ‘के खनाल होटल’ का संचालक एवम राजनितिज्ञ दिवाकर खनालको नेतृत्वमा होटल अर्गनाइजेशन नेपाल(हान) बाँके शाखा गठन गरिएको छ । हान तारे स्तरका होटल सञ्चालकहरुको संगठन हो । नेपालगन्जमा भएको हान बाँके च्याप्टरको प्रथम साधारण सभाबाट निर्विरोध रुपमा कार्यसमिति चयन गरिएको हो ।
खनालले यसअघि हान बाँकेको कार्यवहाक अध्यक्षका रुपमा काम गरिरहेको थिए । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा होटल सिद्धार्थका केशव न्यौपाने, उपाध्यक्षमा सिटी प्यालेसका लोकेन्द्र अर्याल, महासचिवमा होटल अतिथीका नरबहादुर ओली, कोषाध्यक्षमा मेरो प्लानेटका डाक्टर ओमप्रकाश मिश्रा रहेका छन् ।
कार्यसमितिको सदस्यहरुमा होटल सोल्टीका राजविक्रम शाह, ग्यालेक्सी दरबारका तेजप्रसाद रेग्मी, होटल म्याक्सका मनोज केसी, कल्पतरुका दीपु गुप्ता, सार्मथ्य इनका सरोजकुमार चन्द र स्नेहा होटलका अशित शम्शेर राणा रहेका छन् ।
एक कार्यक्रमका बिच अधिवेशनको उद्घाटन होटल अर्गनाइजेशन नेपालका केन्द्रिय वरीष्ठ उपाध्यक्ष विनायक शाहले गरेका थिए भने केन्द्रिय महासचिव साजन शाक्यले साधारण सभाको सफलताको शुभकामना दिदैं होटल व्यवसायिक आर्थिक विकासको आधार बनाउनु पर्नेमा जोड दिएका थिए ।