एनआरएनए टेक्सास च्याप्टर सभापतीमा बिकाश उप्रेतीको मनोनयन दर्ता
Sunday, July 9th, 2017, 6:22 am
amit
टेक्सास (अमेरीका)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीका टेक्सास च्याप्टर सभापतीमा विकाश उप्रेतीले मनोनयन दर्ता गर्नुभएको छ ।
टेक्सासमा कन्सुलेट अफिस, समस्यामा परेका नेपालीहरुका लागी समस्या समाधान गर्न हटलाईन, आपतकालिन कोष तथा युवा र विद्यार्थीहरुका हितका लागी बिभिन्न योजना सहित शनिबार टेक्सास च्याप्टर सभापतीमा उम्मेद्धारी मनोनयन दर्ता गरेको बताउनुभयो ।
नेपालीहरुको जनघनत्व धेरै भएका अन्य शहरहरुमा कन्सुलेट अफिस स्थापना भइसक्दा समेत टेक्सासमा अझै सम्म पनि कन्सुलेट अफिस स्थापना हुन सकेको छैन सबैभन्दा बढि चासो यसमा नै छ उप्रेतीले भन्नुभयो – ” टेक्सासमा कन्सुलेट अफिस स्थापना गर्न सक्दो पहल गर्न नै एनआरएन अमेरीकाका टेक्सास च्याप्टर सभापतीमा मेरो उम्मेद्धारी हो ।”
टेक्सासमा कन्सुलेट अफिसका लागी बिभिन्न चरणमा छलफल भएपनि यसलाई मुर्त रुप दिन आफु अगाडी बढेको उप्रेतीले बताउनुभयो । टेक्सासमा रहेका अन्य नेपाली संघ संस्थाहरुसंगको समन्वयलाई प्रभावकारी बनाउंदै समस्यामा परेका नेपालीहरुका लागी आपतकालिन कोष र हटलाइन तथा युवा, विद्यार्थीहरुका लागी बिभिन्न योजना बनाएर कार्यान्वयन गर्न आफुले उम्मेद्धारी घोषणा गरेको उहांले बताउनुभयो ।
नेपालको झापा घर भई करिब एक दशक देखी टेक्सासमा बस्दै आउनुभएका युवा समाजसेवी उप्रेतीले यहां रहंदा बिभिन्न सामाजिक संघ संस्थाहरुमा सक्रिय हुनुहुन्छ । टेक्सासमा करिब ४०/५० हजारको संख्यामा नेपालीहरु भएपनि एनआरएनमा चासो नभएकोतर्फ आफ्नो ध्यानाकर्षण भएको बताउंदै उप्रेतीले टेक्सासबाट एनआरएनमा सदस्यसंख्या बढाउन आफुले एनआरएन टेक्सास च्याप्टरमार्फत बिभिन्न योजनाहरु अघि बढाउने सोच बनाएको बताउनुभयो ।