जानकीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने
Tuesday, January 24th, 2023, 6:41 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० माघ
बाकेको जानकी गाउपालिकाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सन्चालन गर्ने भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजना र जानकी गाउपालिकाको आर्थिक सहयोगमा १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिकास्तरिय ५ औ अध्यक्ष कप प्रतियोगिता सन्चालन हुने भएको हो ।
२०७९ साल माघ १९ गतेदखि २०७९ माघ २१ सम्म जानकी गाउपालिका वडा नम्वर ३ स्थित श्री नेपाल राष्ट्रिय प्रा वि मानपुरमा सन्चालन हुने भएको छ । खेलमा भलिवल , कबड्डी तथा एथलेटिक्स ( ट्रयाक तर्फ ) १०० मि दौड , २०० मि , ४०० मि , ८०० मि ,१५०० मि , ३००० मि दौड हुनेछन । त्यसैगरि रिले र हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो समेत हुने भएको छ । प्रा वि देखि नि मा वि र मा वि का छात्रछात्राहरुले भाग लिनेछन ।
१५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा पालिकास्तरिय ५ औ अध्यक्ष कप प्रतियोगितामा शिल्ड प्रथम हुने विजेता विध्यालयलाई नगद पुरस्कार स्वरुप रु २५ हजार , द्वितियलाई रु १५ हजार र तृतिय हुने विध्यालयलाई रु १० हजार पुरस्कार दिने मङ्गलवार बसेको शिक्षा युवा तथा खेलकुद शाखा मानपुरको आयोजना र जानकी गाउपालिकाको आर्थिक सहयोगमा बसेको बैठकले सर्वसम्मत निर्णय गरेको हो । बैठक जानकी गाउपालिका अध्यक्ष छब्बल खाको संयोजकत्वमा बसेको हो ।
बैठकमा पालिका उपाध्यक्ष रामप्यारी यादव , गाउपालिका अध्यक्ष छब्बन खाँ, प्रशासकिय अधिकृत शिहंराज डाँगी, वडा नम्वर १ का वडा अध्यक्ष मो. रज्जा राई , २ का वडा अध्यक्ष चन्द्रिका प्रसाद गुप्ता , ३ का वडा अध्यक्ष राज कुमार कुर्मी, ४ का वडा अध्यक्ष रमेश कुमार वर्मा , ५ का वडा अध्यक्ष टिकानाथ यादव, ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजन , कार्यपालिका सदस्य कान्ती कान्दु, निर्मला हरिजन र कार्यपालिका सदस्य तथा सामाजिक विकास शिक्षा युवा तथा खेलकुद संयोजक राम आँचल धोवी तथा शिक्षा युवा तथा खेलकुद शाखाकी अधिकृत कृष्णा कुमारी भण्डारी लगायतको समेत उपस्थिती रहेको थियो ।