विद्युत कर्मचारीको प्रदेश स्तरीय भेला तथा अन्तरक्रिया सम्पन्न
Friday, January 27th, 2023, 8:30 pm
Kalpristha

……….
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ माघ
नेपालमा विद्युत सेवालाई सरल, विश्सनीय बनाउँदैं कर्मचारीको हकहितका बिषयमा छलफल गर्दै नेपाल विद्युत प्राविधिकरण कर्मचारी संघको लुम्बिनी प्रदेश स्तरीय भेला तथा अन्तरक्रिया कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ ।
नेपाल विद्युत प्राविधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेश समितिले आयोजना गरेको भेला तथा अन्तरक्रियामा लुम्बिनी प्रदेशका जिल्लामा रहेका विभिन्न कार्यालयहरुमा कार्यरत कर्मचारी, प्राविधिक इन्जिनियर, नेता तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा नेपाल विद्युत प्राधिकरणले उपलब्ध गराउँदै आएको सेवाहरु सुधारका उपायहरु, संगठनलाई विकास गर्ने, कर्मचारीले भोगिरहेका समस्या, सेवा सुविधाको बारेमा छलफल भएको थियो ।
।
नेपालगन्जको सिएसटी होटल एण्ड पार्टी प्यालेसमा भएको कार्यक्रम नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष दुर्गा प्रसाद जैसीको अध्यक्षतामा भएको थियो । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ केन्द्रिय अध्यक्ष जर्नादन भंटराई, नेपाल ट्रेड युनियन लुम्बिनी प्रदेश अध्यक्ष मुकुन्द अधिकारी, नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालयका उप–निर्देशक देवीमाया दाहाल, नेपाल विद्युत प्राधिकरण प्रदेश डिभिजन कार्यालय प्रमुख सुरज गौतम, नव प्रमुख हरि प्रसाद पाण्डे, नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका केन्द्रिय सह–अध्यक्ष टंक अधिकारी, नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, सचिव सुदान्सु कोइराला, क्षेत्रीय सभापति पोषण केसी, नेपाली कांग्रेस ट्रेड युनियन बाँके अध्यक्ष राम शाह लगायतको सहभागिता रहेको थियो ।