रनियापुरमा दुग्धवर्धक औैषधी वितरण कार्यक्रम सम्पन्न
Wednesday, February 1st, 2023, 8:01 pm
Kalpristha
सेवा केन्द्रले यस वर्ष जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम संचालन गरिरहेको छ । केन्द्रले पालिका भित्रका ५ सय विद्यार्थीलाई आयुर्वेद स्वास्थ्य, स्वस्थ जीवन शैली, स्थानीय स्तरमा पाईने जडिबुटी तथा योग शिक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गरेको थियो ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १८ माघ
खजुरा गाउँपालिकाको वडा नम्बर ८ मा बुधबार स्तनपायी आमा तथा नवजात शिशुको सुरक्षार्थ दुग्धवर्धक औषधी वितरण कार्यक्रम गरिएको छ ।
खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रको आयोजना भएको कार्यक्रमा ८० जना सुत्केरी आमालाई निःशुल्क रुपमा दुग्धवर्धक औषधी वितरण गरिएको थियो ।
‘स्तनपानलाई बढाउन जनचेतना अभिवृद्धि गर्न सहयोग गरौ’ भन्ने सन्देशका साथ आयोजना गरिएको कार्यक्रम खजुरा गाउँपालिका वडा नम्बर– ८ स्थित रनियापुर स्वास्थ्य चौकीमा भएको थियो ।
बुधबार खजुरा गाउँपालिका वडा नम्बर ८ अध्यक्ष फिरोज खानको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा
खजुरा गाउँपालिका सामाजिक संयोजक कृष्णा कुमारी पोखरेल विक, विशिष्ट अतिथिको रुपमा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रकी डा. गीता रेग्मी, खजुरा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिपक ढकाल, उप–प्रमुख लक्ष्मी केसी, रनियापुर स्वास्थ्य चौकी प्रमुख पृथ्वीनाथ योगी लगायतको उपस्थिती रहेको थियो ।
आरोग्य सेवा केन्द्रले प्राकृतिक उपचार पद्धतिलाई आत्मसाथ गर्दै पालिकामा जेष्ठ नागरिक, युवा र ६ महिना पुगेका सुत्केरी आमाहरुको स्वास्थ्यका सहयोग लगायतका अन्य विभिन्न कार्यक्रम गर्दै आएको खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण खनालले बताए ।
उनले भने,‘हामीले कार्यालयबाट नियमित रुपमा ओपिडी सेवा दिईरहेका छौं । हाम्रो कार्यालयमा आउने सबै नागरिकलाई सेवा पनि दिईरहेको छौं । यसका साथै समाजमा जनचेतना जगाउने उद्देश्यले वार्षिक रुपमा अन्य थुप्रै काम पनि गरिरहेका छौं ।’
प्रमुख खनालका अनुसार स्तनपायी आमा तथा नवजात शिशुको सुरक्षार्थ दुग्धवर्धक औषधी वितरण कार्यक्रम यसअघि उढरापुर स्वास्थ्य चौकीमा गत माघ १६ गते गरिएको थियो । जहाँबाट ९० सुत्केरी आमाले सेवा लिएका थिए ।
आयुर्वेद स्वास्थ्य सेवालाई स्थानीय तह सम्म पु¥याउने उद्देश्यले नेपाल सरकारले नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरेको हो ।
प्राकृतिक जडिबुटीको पहिचान, त्यसको प्रयोग गर्ने विधिहरु सिकाउँदैं योग, शिविर र जनचेतना मुलुक कार्यक्रमहरुको माध्यमबाट जनतालाई स्वस्थ राख्ने उद्देश्य लिएर पालिकामा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको छ ।
सेवा केन्द्रले यस वर्ष जेष्ठ नागरिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रम संचालन गरिरहेको छ । केन्द्रले पालिका भित्रका ५ सय विद्यार्थीलाई आयुर्वेद स्वास्थ्य, स्वस्थ जीवन शैली, स्थानीय स्तरमा पाईने जडिबुटी तथा योग शिक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गरेको थियो ।
जसमा खजुरा गाउँपालिका भित्रका विभिन्न पाँच विद्यालयका विद्यार्थीलाई विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम र सेवा केन्द्रले दिने सेवाहरुका बारेमा जानकारी गराइएको थियो । अब निकट भविष्यमा योग शिविर कार्यक्रम गर्ने तयारी भैरहेको खनालले कालपृष्ठ दैनिकलाई बताए ।