४ महिनामा भित्रिए २३ लाख अवैध मोबाइल
Friday, February 3rd, 2023, 7:08 pm
Kalpristha
कालपृष्ठ डेस्क
नेपालगन्ज, २० माघ
कर छलि गरी हुने मोबाइलको कारोबार रोक्न नेपाल दूरसञ्चार प्राधिकरणले २०७९ भदौ ३० मा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम ९एमडीएमएस० लागु र्गयो । गैरकानुनी आयात र बिक्री भएका मोबाइललाई करको दायरामा ल्याउन समय पनि दिइयो । असोजदेखि अनौपचारिक माध्यमबाट आयात गरिएका मोबाइललाई ‘ग्रे लिस्ट’मा राख्दै यसको परीक्षण गरिरहेको प्राधिकरण पुस १५ गतेबाट पूर्ण रूपमा लागु गर्ने तयारीमा थियो। तर, सरकार परिवर्तन भएसँगै प्रधिकरणको योजनामा ‘ब्रेक’ लाग्यो ।
एमडीएमएस प्रणाली तत्काललाई रोक्ने सरकारको निर्णय सँगै मोबाइलको अबैध कारोबार मौलाएको प्राधिकरणको तथ्यांकले देखाउँछ । प्रधिकरणको तथ्यांक अनुसार पछिल्लो ४ महिनामा मात्रै २३ लाख बढी मोबाइल अबैध रूपमा भित्रएका छन् । त्यसमध्ये केही प्राधिकरणको नियम बमोजिम करको दायरामा आएर दर्ता भएका छन् , भने धेरै अबैध अवस्थामा ‘ग्रे लिस्ट’ मा नै छन् । सरकारको निर्देशन बमोजिम एमडीएमएस प्रणालीलाई पूर्ण रूप नदिँइ ‘ग्रे लिस्ट’ मा राख्दा अबैध कारोबार बढेको प्राधिकरणको दाबी छ ।
प्राधिकरणको तथ्यांक अनुसार असोज १ देखि हालसम्म ४८ लाख ७० हजार आईएमईआई ‘ग्रे लिस्ट’मा छन् । यसको जसको बजार मुल्य ४५ अर्ब रूपैया हुन्छ । एउटा मोबाइलमा १ भन्दा बढी आइएमइआई कोर्ड हुन्छ । त्यसैले यति आइएमइआई बराबर २३ लाख मोबाइल सेट हुने प्रधिकरणले जनाएको छ । पछिल्लो ४ महिनामा नै अतिको संख्यामा अबैध मोबाइल भित्रनु भनेको सरकारलाई अबौंको घाटा हो । प्राधिकरणको भनाई अनुसार ग्रे लिस्टमा रहेका मोबाइल भ्याट नतिरेका वा नेपालमा बैध रूपमा कारोबार गर्न अयोग्य मोबाइल मानिन्छन् ।
‘ग्रे लिस्ट’ मा रहेका आइएमइआई मध्ये २२ हजार ८ सय मात्रै हाल सम्म दर्ता प्रकृया पुरा गरेका छन् । ८ हजार ८ सय रिजेक्ट भएको प्राधिकरणको तथ्यांकमा उल्लेख छ । अझै प्रकृयामा १३ हजार ८२९ आएका छन् भने १ सय ४७ वटा पेन्डिङमा छन् । यो असोज यताको तथ्यांक हो । यसमध्ये करिब ८ हजार थान आइफोन १४ भित्रिएको प्राधिकरणको दाबी छ । यसमा १६ हजार आईएमईआई भएका आइफोन अहिले सञ्चालित छन् । जुन अबैध हुन् ।