कृष्णले हयाट्रिक गरेपछि आयोजक जय किसान सेमिफाइनलमा प्रवेश
Wednesday, February 8th, 2023, 7:29 pm
Kalpristha
दोस्रो स्व. श्याम थापा स्मृति फुटबल
जी. थापा
नेपालगन्ज, २५ माघ
कृष्ण खत्री क्षेत्रीले प्रतियोगिताको पहिलो ह्याट्रिक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार आयोजक जय किसान स्पोर्टस क्लबले मोडल क्लबलाई ४–० ले सहजै पराजित गरेको छ । जय किसानका लागि कृष्णले २४औं, ५२औं र ५४औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । जय किसानका लागि अर्को गोल निसान डाँगीले खेलको १९औं मिनेटमा गरेका थिए । अब जय किसानले प्रतियोगिताको पहिलो सेमिफाइनलमा खजुरा युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ ।

…………….
यसैगरी बुधबार भएको अर्को खेलमा लगातार जित हासिल गर्ने क्रममा सहारा इन्डियाले न्यु डाँफे क्लबलाई टाइब्रेकरमा ३–२ ले पराजित गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा खेल सकिएको थियो ।
खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविको खेल मैदानमा भैरहेको प्रतियोगितामा शुक्रबार दोस्रो सेमिफाइनलमा सहाराले बागमती स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । जय किसान स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल माघ २९ गते हुनेछ ।
नकआउटको आधारमा भैरहेको प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ । सोमबार मोडेल क्लवविरुद्ध एफसी–११ बर्दिया र न्यू डाँफे स्पोर्टस क्लवविरुद्ध रारा जनचेतना युवा क्लवका बीचमा हुनेछ ।
बिहिबारको खेलः
खजुरा युनाइटेड विरुद्ध जय किसान स्पोर्टस क्लब
समयः(दिउँसो २ बजे)