बाँके रेडक्रसको सभापतिमा पुनः सम्झना
Friday, February 17th, 2023, 8:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ माघ
गोवर्धन सिंह सम्झनाको नेतृत्वमा शुक्रबार नेपाल रेडक्रस सोसाईटी बाँके जिल्ला शाखाको नयाँ कार्यसमिति चयन गरिएको छ ।
शुक्रबार डुडुवा गाउँपालिकाको नवनिर्मित भवन भएको ४१औं अधिवेशनबाट पुनः सम्झनाको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
जिल्ला शाखाको सभापतिमा सम्झनासँगै उपसभापतिमा शान्ति श्रेष्ठ र सुरेन्द्रनाथ सापकोटा, मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तेजबहादुर सुवेदी, उपकोषाध्यक्ष दुखीराम लोनिया, र सदस्यहरुमा अजीतकुमार शर्मा, सनतकुमार रेग्मी, राजकुमार वर्मा, नरेन्द्रकुमार पौडेल, यज्ञनारायण शर्मा, यमनारायण महतो, मीनबहादुर मल्ल, महिला सदस्यमा सिता शर्मा पोख्ररे, खागेश्वरी रावत र सरिता देवी ज्ञवाली निर्वाचित भएका छन् । निर्वाचन अधिकारी नवराज ढुङ्गानाले निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण गरे ।
शाखाको ४१औं जिल्ला सभाको अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बाँकेका प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि ज्ञानेद्रकुमार चौधरीले रेडक्रस अभियानले विपद् व्यवस्थापनमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको बताए । जहाँ विपती त्यहाँ रेडक्रस पुग्ने गरेको उदाहरण दिदै अभियान थप प्रभावकारी बनाउन चौधरीले अनुरोध गरे ।

…………….
नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले पालिकाहरुको विपद् व्यवस्थापनको क्षमता अभिबृद्धिमा रेडक्रसको सहयोग प्राप्त भइरहेको बताउँदै बाँके जिल्लाले खेलेको भूमिकाको उच्च प्रशंसा गरे ।
बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले समुदाय स्तरसम्म रेडक्रसको सक्रिय सहभागिता भएकाले नेपाल सरकारको अभियानमा सहयोग पुगेको बताए । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले ५६ वर्ष देखि समुदायसँग नजिकबाट सहकार्य गर्दै सबै तहका सरकारसँग प्रत्येक्ष समन्वय गर्दै आएको जानकारी गराए ।
रेडक्रस बाँकेको तर्फबाट बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शाखाका मन्त्री अजीज अहमद सिद्धिकीले वर्षभरीमा २ लाख २९ हजार ८ सय ६५ व्यक्तिहरु प्रत्येक्ष लाभावन्ति भएको तथ्याङ विवरण सभा समक्ष पेश गरेका थिए ।
रेडक्रस बाँकेका कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले आर्थिक वर्ष २०७८-२०७९ बार्षिक २ करोड ४२ लाख ३४ हजार ४ सय ५२ रुपैयाँ खर्च भएको आर्थिक प्रतिवेदन र आगामी आर्थिक वर्ष २०८०-२०८१ को ३ करोड ५२ लाख २२ हजार ३ सय ७४ को प्रस्तावित बजेट प्रस्तुत गरेका थिए ।
४१औं जिल्ला सभाको अधिवेशनमा १७ वटा उपशाखा मध्ये बार्षिक कार्यसम्पादन मुल्यांकनको आधारमा नेरेसो कोहलपुर उपशाखालाई उत्कृष्ट सेवा पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी रक्तसंचार सेवाको प्रवद्र्धन एवं प्राविधिक विषयमा उल्लेख्य योगदान पु¥याउनु भएका भेरी अस्पतालका प्रमुख कन्सल्टेण्ट फिजिसियन डा. राजन पाण्डे र रेडक्रस अभियानको प्रचारप्रसार कार्यमा उल्लेखनीय योगदान पु¥याउने नेपाल टेलिभिजन कोहलपुर प्रशारण केन्दलाई सम्मान गरिएको छ ।
रेडक्रस बेतहनी उपशाखाका सभापति सोहनलाल यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरक्षा निकाय, नेरेसो लुम्बिनी प्रदेश महासचिव नवराज ढुङ्गाना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।