मन्त्री यादवलाई ज्ञापन पत्र बुझायो नाटाले
Friday, February 17th, 2023, 8:52 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ फागुन
नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् बाँकेले लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकी प्रसाद यादवलाई ज्ञापन पत्र बुझाएको छ । नाटाको बाँके च्याप्टर कार्य समितिले शुक्रबार १२ बुँदे ज्ञापन पत्र बुझाएको हो । पश्चिम नेपालको आर्थिक समृद्धिसँग जोडिएको नेपालगन्ज पर्यटकीय दृष्टिकोणले नेपालगन्ज देशकै ठूलो सहर मध्ये एक भएको भन्दै पर्यटन व्यवसायीका विद्यमान समस्याहरु समाधानका निम्ति ज्ञापन पत्र बुझएको नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले बताए ।
द्वन्द्वकालदेखि ट्राभल एजेन्सीहरु, होटल तथा रिसोर्टहरू नविकरण नहुनसकेकाले न्युनतम शुल्क लिई नवीकरण गर्नुपर्ने, बैंक ग्यारेन्टी व्यवस्था खारेज गर्नु पर्ने,झन्झटिलो दर्ता तथा नवीकरण प्रक्रिया सहज बनाउनुपर्ने, पर्यटनलाई अन्य उद्योग सरह मान्यता दिई विद्युत महशुल तथा अन्य शुल्क मिनाह गर्नुपर्ने, प्रदेश पर्यटन मन्त्रालयले बजेट विनियोजन गर्दा विभिन्न पर्यटन व्यवसायीका एसोशियसनहरुसँग परामर्श गरि बजेट तर्जुमा गर्नुपर्ने तथा नाका, अध्यागमन, भन्सार पर्यटकमैत्री बनाउनु पर्ने मागहरु ज्ञापनपत्रमा समेटिएका छन् ।
यस्तै नेपालगन्ज लगायत पर्यटकिय गन्तव्य भएका जिल्लाहरुमा पर्यटन प्रहरी गठनगरि परिचालन गर्नु पर्ने, ट्राभल एजेन्टको अनुमति पत्र नलिई हवाई टिकट जारी गर्ने अनलाइन तथा वितिय संस्थाहरुको अवैध कारोबारतत्काल रोक्नु पर्ने, जमुनाहानाकामा हाल बन्द अवस्थामा रहेको पर्यटक सुचना केन्द्रमा आवश्यक दरबन्दी कायम गरि पुन: सन्चालन गर्नुपर्ने, भारतिय सिमामा भारतिय इमिग्रेशन चेकपोस्टबाट सडक मार्गद्धारा विदेशी पर्यटकहरुलाई आवत/जावत हालसुनौली बोर्डबाट दिईएको अवस्था जानकारी गराउँदै यथाशिघ्र सबै नाकामा खुल्ला गर्न पहल गर्नुपर्ने, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान नेपालगन्जमा स्थापना भइपश्चात पनि बजेट अभावको कारण देखाई १५ दिनअघिमात्रै तहाँ कार्यरत कर्मचारीहरुलाई फिर्ता बोलाइएकोमा दुख व्यक्त गर्दै पुन: सञ्चालनको पहल गर्न जोडदार माग गर्ने र नेपालगन्ज– दिल्ली हवाई उडानका सम्बन्धमा पहल गर्नुपर्ने लगायतका मागहरु सो ज्ञापन पत्रमा उल्लेख गरिएका छन् ।
ज्ञापन पत्र बुझ्दै लुम्बिनी प्रदेशका माननीय मन्त्री जानकी प्रसाद यादवले व्यावसायीका सबै मागहरु पुरा गर्न आवश्यक छलफल र पहल गर्ने बतायका थिए । सो अवसरमा नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देल, हान बाँकेका अध्यक्षदिवाकर खनाल,होटल व्यवसायी संघ लुम्बिनी प्रदेशअध्यक्षभास्कर काफ्लेपर्यटन प्रवर्धन मञ्च बाँकेअध्यक्षकृष्ण प्रसाद श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।