‘मेरो भ्वाइस यूनिभर्स’ र ‘मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन शनिबार हुने
Friday, February 17th, 2023, 8:55 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, फागुन ५
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ’मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन हुने भएको छ । यी दुवै कार्यक्रमहरुको फिल्ड अडिसन नेपालको विभिन्न शहर सँगै इन्डियाको सिलिगुरीमा हुने भएको छ । नेपालगन्जमा फागुन ६ गते, बुटवलमा फागुन १० गते, सिलिगुरीमा फागुन १४ र १५ गते, दमकमा फागुन २० र २१ गते र काठमान्डौंमा फागुन २७ र २८ गते हुनेछ ।
अडिसन दिन आउँदा प्रतियोगीहरुले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनुपर्ने आयोजकले जानकारी दिएको छ । फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरुले काठमान्डौंमा स्टुडियो अडिसनमा सहभागीहुने छन् । साथसाथै देश विदेशबाट सहभागीहुन चाहनेले माई इन्ट्रा एप डाउनलोड गरेर रजिष्टर गर्न सक्नेछन् । डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरुले पनि अनिवार्य रुपमा मेरो डान्स यूनिभर्स’को संस्कृतिक फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ ।
समुहविधामा सहभागी हुन चहानेले पनि एप मार्फत अडिसन दिन सक्नेछन् । संस्कृतिक समुहमार्फत सहभागी हुनेले भने फिल्ड अडिसनमा उपस्थित हुन पर्नेछ । डिजिटल अडिसनको अन्तिम मिती फेब्रुअरी २८ तोकिएको छ । सहभागी कम्तीमा १८ बर्षको हुनपर्नेछ । ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन् । साथै ‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ । यी शोहरु एलिन श्रेष्ठले निर्देशन गर्नेछन् ।
यी दुई शोहरु नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरु हुन् । फाउन्डेसनका अनुसार ’मेरो भ्वाइस यूनिभर्स’का विजेताले नेपाली एक करोड साथै फस्ट रनरअपले ३० लाख रुपैयाँर सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रनरअपले ३० लाखरुपैयाँर सेकेन्ड रनरअपले रुपैयाँ पुरस्कार पाउनेछन् । डान्स यूनिभर्स’को संस्कृतिक समुह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । साथै फस्ट रनरअपले १० लाखरुपैयाँर सेकेन्ड रनरअपले ५ लाखरुपैयाँ पुरस्कार पाउनेछन् । फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरुबाट पनि नेपाली भाषीहरुको बृहत् सहभागिताको अपेक्षा राखेको छ ।
इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका, संयुक्त राज्य अमेरिका र नेपालमादर्ता भएको एक संस्थाहो । फाउन्डेसनले नेपाली संस्कृतिलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न धेरै परियोजनाहरुमा काम गरिरहेको छ । ‘मेरो डान्स युनिभर्स’ र ’मेरो भ्वाइस युनिभर्स’ फाउन्डेसनले सञ्चालन गर्न लागेको नयाँ कार्यक्रमहरू हुन् । जुन नेपालमा चाँडै प्रसारण हुनेछन् ।