नेपालगन्जमा निःशुल्क आयुर्वेद तथा उपचारात्मक योग शिविर हुने
Sunday, March 26th, 2023, 7:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १२ चैत
नेपालगन्ज उप–महानगरपालिकाले निःशुल्क आयुर्वेद तथा उपचारात्मक योग शिविर आयोजना गर्ने भएको छ । नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा चैत २५ गते शिविर हुने भएको हो । जसमा नेपालगन्ज उप–महानगरपालिकाका २३ वटै वडाका नागरिकहरुलाई सहभागि गराउने उद्देश्य राखिएको छ । शिविरका दौरान निःशुल्क औषधी वितरणका साथैं नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलले ल्याब, अप्रेशनमा विशेष छुट दिने तयारी गरेको छ । शिविरमा आएका बिरामीको निःशुल्क सुगरको पनि परिक्षण गरिनेछ ।
एक दिने निःशुल्क आयुर्वेद तथा उपचारात्मक योग शिविर नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–१० आर्दश नगरस्थित नेपालगन्ज आयुर्वेद जनरल हस्पिटल परिसरमा हुनेछ । आइतबार आयोजक नेपालगन्ज उप–महानगरपालिका र प्राविधिक सहयोग गर्ने नेपालगन्ज आयुर्वेदन जनरल हस्पिटल टिमबिच शिविर आयोजना गर्ने बारेमा समन्वयत्मक बैठक बसेको थियो । निःशुल्क आयुर्वेद तथा उपचारात्मक योग शिविर संयोजक डा. मनोज कुमार यादवको अध्यक्षतमा बसेको बैठकले विभिन्न प्रस्तावहरुमा छलफल गरेर तयारीलाई अगाडी बढाउने निर्णय गरेको छ ।
नगरका आम नागरिकको स्वास्थ्यलाई सुधार गर्नमा निःशुल्क आयुर्वेद तथा उपचारात्मक योग शिविर महत्वपुर्ण सावित हुने संयोजक डा. मनोज कुमार यादवले बताए । उनले भने,‘नगरपालिकाले आफना नागरिकको स्वास्थ्य सुधार गर्नका लागि विभिन्न कार्यक्रम र सुविधाहरु दिने गरेको छ । शिविरको दौरान नागरिकको स्वास्थ्य समस्या समाधान गर्दै स्वस्थ जीवन यापन गर्नमा सहयोग गर्ने सल्लाह र सुझाव दिने प्रयास गर्नेछौं ।’
नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका अध्यक्ष एवम् संविधान सभा सदस्य मैकुलाल वाल्मिकीले निःशुल्क आयुर्वेद तथा उपचारात्मक योग शिविरले आम नागरिकमा आयुर्वेद प्रति सकारात्मक भावना जागृत गराउँदैं नागरिकलाई स्वस्थ हुन सहयोग गर्ने बताए ।
आइतबार भएको बैठकमा नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत प्रभाकर मिश्र, डा. शिवराज सुवेदी, डा. प्रतिक्षा केसी गौतम, जयसपुर आयुर्वेद औषधालयका विन्देश्वर साहु, परसपुर आयुर्वेद औषधालयका दिलिप कुमार नायक, नेपालगन्ज उप–महानगरपालिका आयुर्वेद शाखाका बज्र भुषण झा, नेपालगन्ज आयुर्वेद जनरल हस्पिटलको प्रशासन प्रमुख प्रिन्सी मिश्र, कविराज सञ्जिव कुमार थारु, सम्झना चौधरी, सन्दिप अधिकारी, ल्याब टेक्निसियन केशर रोकाय, पदमा थापा, जय मंगल प्रसाद पटेल, बामदेव शर्मा, लक्ष्मी थापा लगायतको उपस्थिती रहेको थियो ।