प्रमुख निर्वाचन आयुक्तबाट आकस्मिक अनुगमन
Tuesday, November 7th, 2017, 5:25 pm
amit
माननीय प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आज सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा जानुभई त्यहााको जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयको आकस्मिकरूपमा अनुगमन गर्नुभएको छ ।
मंसिर १० गते हुने निर्वाचनको तयारी अवस्थाबारे जानकारी लिन चौतारा पुग्नुभएका प्रमुख आयुक्त डा. यादवले जिल्ला निर्वाचन अधिकारी विजयकुमार कार्की, मुख्य निर्वाचन अधिकृत दीपक खनाल र प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्गसाग निर्वाचनको तयारी, सुरक्षा अवस्था, जनशक्ति व्यवस्थापन र मतदान सामग्रीलगायतका विषयमा जानकारी लिनुभयो ।
उहाले जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुनुभएका कर्मचारीहरूलाई निर्देशन दिदै उम्मेदवारहरूलाई आचारसंहिता पालना गर्नका लागि प्रोत्साहित गर्न सुझाव दिनुभयो । प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतपेटिका संकलन गर्दा होसियारी अपनाउन र कसैले प्रश्न उठाउने अवस्था नहोस् भन्नेतर्फ सजग रहन निर्देशन दिनुहुादै राजनीतिक दल र उम्मेदवारहरूसाग राम्रो समन्वय र परामर्श गरी निर्वाचनको उपयुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
यसैगरी, चौतारामा आजै आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदाता शिक्षा कार्यक्रम कात्तिक २५ गतेबाट शुरु हुने, निर्वाचनमा सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको र दलहरूले निर्वाचनको स्वामित्व ग्रहण गरिसकेकाले निर्वाचन प्रचार प्रसार, मतगणना जस्ता कार्य पनि शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।