विश्वकै सवैभन्दा महँगो भोढ्काको खाली बोत्तल भेटियो
Saturday, January 6th, 2018, 10:29 pm
amit
एजेन्सी । केही दिन अघि हराएको विश्वकै सवैभन्दा महँगो भोढ्काको खाली बोत्तल भेटिएको छ । डेनमार्कको एक रक्सी पसलबाट हराएको भोड्काको खाली बोत्तल डेनमार्ककै निमार्णकार्य भैरहेको एक स्थानमा भेटिएको डेनिस प्रहरीले पुष्टी गरेको छ ।
सुन र चाँदीबाट बनेको भोड्काको बोत्तलको विर्को सेतो हिराले बनेको थियो । ९ लाख ६० हजार युरो मुल्य रहेको सो भोड्का कोपनहेगन स्थित एउटा बारले सजाउनका लागि लोनमा ल्याएको थियो । भोड्का हराएछि खोजिगरिरहेको प्रहरीले सिसिटिभी फुटेज हेर्दा एकजना मान्छेले बारबाट भोड्का चोरेर भागेको देखिएको छ ।
चोरले रुसो बाल्टीक नामको सो भोड्का खाएर बोत्तल भने नफुटाईकन निमार्णा्धिन क्षेत्रमा फालिदिएको एएफपीले जनाएको छ । बार धनीले खाली भेट्टाएको बोत्तलमा फेरी भोड्का भरेर सजाउने तयारी गरेको र अहिलेपनि सो बोत्तलको मुल्य पुरानै कायम रहेको बताएका छन् ।
रुसको कार कम्पनी रुसो बोल्टीकले आफ्नो कम्पनीको संझनाका लागि सो भोड्का बनाएको बताईएको छ । बोत्तलमा रुसी राष्ट्रपतिले आफ्ना अमेरिकी समकक्षीलाई कार्ड गिफ्ट दिईरहेको संकेत चित्र कुंदिएको छ ।