ओपन गल्फ च्याम्पियनसिप : टंक र शुक्र शीर्ष स्थानमा
Wednesday, January 10th, 2018, 8:48 pm
amit
काठमाडौं । नेपाल गल्फ संघद्धारा आयोजित एनजिए एनएसी ओपन गल्फ च्याम्पियनसिप बुधवारदेखि रोयल नेपाल गल्फ कल्वमा शुरु भएको छ ।
पहिलो दिन तीन ओभर ७१ अंक सहित टंकबहादुर कार्की र शुक्रबाहादुर राई संयुक्त रुपमा शीर्ष स्थानमा रहेका छन् । टंक र शुत्रले पहिलो १८ होलाको समाप्तीमा सुरेश तामाङलाई ३ स्ट्रोकले पछि परेका छन् ।
६ ओभर ७४ अंक सहित शुरेस तमाङ तेस्रो र सात ओभर ७५ को नतिजामा नवराज थापा चौथो स्थानमा रहेका छन् । ८ ओभर ७६ को स्कोर कार्ड बनाएका सुवास घिसिङ, भरत बस्ताबोटी र विपिन तामाङ पाँचौ स्थानमा छन् । यस्तै ७७ अंक जोडी विनोद तामाङ र सुमन परियार संयुक्त रुपमा ८ औं तथा अमित बोगटी र सुन्दर राईले दशैं स्थान बाँढेका छन् ।
संयुक्त लिडर टंकले ७१ स्कोर जोड्ने क्रममा फ्रन्ट नाइन चार ओभर अड्तीस र ब्यक नाइन एक अण्डर ३३ मा सकाए । पहिलो होल्डमा डबल बोगी खेपेका टंकले पाँचौ, छैटौं, सातौं र चौंधौं होलमा बोगी प्रहार गरे ।
चौथो तेह्रौं र अठारौं होलमा भने बर्डीको सफलता प्रप्त गरे । शुक्रले तेस्रो छैटाँैं र सातौं हालमा एक–एक सट खेर फाले भने चौथो होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन दुई अन्डर ३६ मा पुरा गरे । यसपछि एघारौं होलमा बर्डी र पाँच पारको तेह्रौं होलमा इगलको सफलता प्राप्त गरे पनि दशौं, पन्द्रौ, सोह्रो र सत्रौं होलमा बोगी खेपे संगै ब्यक नाइन एक अण्डर ३३ मा सकाए । टिम स्पर्धामा मध्यमाञ्लले निर्भाना कन्ट्रिकल्वलाई २ स्ट्रोकल पछि पारेको छ ।
टंक बहादुर कार्की सुवास घिसिङ र सन्दिप तामाङ सम्मिलित मध्यमाञ्चल एक सय सड्चालि अंक सहित पहिलो स्थानमा रहेको छ । शुक्रबहादुर राई युवराज भुजेल र सुन्दर राई सम्मिलित भिरभान कन्ट्रि कल्वले एक सय उनानचास अंक जोडी दोस्रो स्थानमा रहदा एक सय त्रिपन्न अंकका साथ पश्चिमाञ्चल र रोयल नेपाल गल्फ क्लव संयुक्त रुपमा तेस्रो स्थानमा रहेका छन् ।
सात टिममा चालिस खेलाडी सहभागि प्रतियोगितको टिम तर्फको विजेताको निर्णय भोली हुने छ भने ब्यक्तिगत तर्फ २१ खेलाडीले तेस्रो तथा अन्तिम दिनको लागि कट बनाउँन छन् ।