जानकी गाउँपालिकाद्वारा ह्विलचेयर र ट्राईसाईकल वितरण
Saturday, April 8th, 2023, 7:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ चैत
बाकेको जानकी गाउँपालिकाले अपाङ्गता भएका क्षेत्रमा लगानी बढाउदै गएको छ । जानकी गाउँपालिकाको ६ वटै वडाभित्र रहेका अपाङ्गता भएका व्यक्तीहरुलाई सहज होस भन्ने उद्देश्यले घरघरमा पुगी ह्विलचेयर र ट्राईसाईकल वितरण गरेको हो । जानकी गाँउपालिकाको महिला तथा बालबालिका शाखाले १५ जना अपाङ्गता भएका व्यक्तीहरुलाई ह्विलचेयर र ट्राईसाईकल वितरण गरेको छ । यसैगरि १२ जनालाई ह्विलचेयर र ३ जनालाई ट्राईसाईकल वितरण गरेको छ ।
घरमै गएर ह्विलचेयर र ट्राईसाईकल वितरण गरेकोमा अपाङ्गता भएका व्यक्ती लगायत आफन्तजनहरुले खुशी व्यक्त गरेका छन । घरमै पुगेका पालिका अध्यक्षलाई अपाङ्गता भएका व्यक्तीहरुले ह्विलचेयर र ट्राईसाईकलका साथै आफुहरुलाई आर्थिक सहयोग पनि गरिदिन समेत आग्रह गरेका छन ।
घरघरमै गाउँमै पुगेर १ देखि ६ वटै वडामा जतिपनि अपाङ्गता भएका व्यक्तीहरु छन उनीहरुलाई सहज होस भन्ने उद्देश्यले ह्विलचेयर र ट्राईसाईकल वितरण गरेको गाउँपालिकाका अध्यक्ष छब्बन खाँ ले बताए ।
१५ जना अपाङ्गता भएका व्यक्तीहरु मध्ये १२ जनालाई ह्विलचेयर र ३ जनालाई ट्राईसाईकल वितरण गरेको जानकी गाउँपालिकाकी महिला तथा बालबालिका शाखाकी प्रमुख कल्पना गाहले जानकारी दिएकी छन ।