झापा स्पोर्टस् अवार्डस् : मनोनयमा को को परे ?
Sunday, January 14th, 2018, 6:17 pm
amit
काठमाडौं, पुस ३० -नेपाल खेलकुद पत्रकार मञ्च, झापाले माघ ७ गते बिर्तामोडमा हुने झापा स्पोर्टस् अवार्ड २०७३ का लागि मनोनयनमा परेका १२ जना खेलाडी र ३ वटा क्लबको नाम सार्वजनिक गरिएको छ ।
मञ्चले बिर्तामोडमा पत्रकार सम्मेलन गरेर ४ वटा विधामा प्रत्येकमा ३ जना र तीन वटा टीमको मनोनयन गरेको हो ।
वर्ष उत्कृष्ट खेलाडी पुरुषका लागि फुटबलबाट विशाल राई ९बी० र योगेश गुरुङ तथा बुद्धिचालबाट भूपेन्द्र निरौला मनोनित भएको मञ्चका अध्यक्ष रमेश रमदर्शी राईलेब बताए ।
त्यस्तै, वर्ष उत्कृष्ट खेलाडीको महिलातर्फ क्रिकेटबाट रुविना क्षेत्री, करातेबाट एस्तर राई र बक्सिङका सुलप मगर र युवा वर्ष खेलाडीतर्फ फुटबलका देबेन्द्र तामाङ र पूजन उपरकोटी तथा क्रिकेटका सवनम राईलाई मनोनयन गरिएको खेलाडी मनोनयन समितिका पर्वत पोर्तेलले बताए ।
उनका अनुसार वर्ष उत्कृष्ट प्रशिक्षकतर्फ फुटबलका सञ्जय राई, क्रिकेटका मनोज कट्वाल र करातेका सीता राई मनोनयनमा परेको छन् ।
यस्तै, पिपुल्स च्वाइस अवार्डका लागि झापा ११ फुटबल क्लब, मिलन क्रिकेट क्लब र बिर्तामोड युनाइटेड एफसीको नाम मनोनयनमा परेका छन् ।
झापामा आयोजना हुन लागेको यो अवार्ड कार्यक्रम पूर्वी नेपालकै पहिलो भएको आयोजकको दाबी छ ।
स्पोर्ट्स अवार्डबाट विभिन्न विधाका ४ जना खेलाडीसहित एउटा टीम हरेकले नगद १५ हजार रुपैयाँ पुरस्कार र ट्रफी पाउने छन् ।
पहिलो वर्षको अवार्ड वितरणमा समन्वयको अभावले उत्तिधेरै सहयोग गर्न नपाए पनि अर्को वर्ष आयोजना गरिने स्पोर्ट्स अवार्डमा आफूले दुईवटा मोटरसाइकल प्रायोजन गर्ने एन्फा केन्द्रीय सदस्य जलकुमार गुरुङले बताए ।
अवार्डको लागि टाइटल स्पोन्सरको समेत खोजी भइरहेको मञ्चका कोषाध्यक्ष बुद्ध तामाङले बताए ।