सलमान खानसँगको विवाहबारे युलिया वन्तुरको खुलासा
Thursday, January 18th, 2018, 10:32 am
amit
मुम्बर्इ – सलमान खान र रोमानियाकी सुन्दरी युलिया वन्तुर बिच प्रेम सम्बन्ध रहेको र उनीहरुले बिवाह गर्ने खबरहरु बाहिर आइरहेका बेला युलिया वन्तुरले सलमानसँगको विवाहबारेमा एक कार्यक्रमबिच मिडिया सामु खुलासा गरेकी छन् ।
युलियाले भनेकी छिन ‘सलमान र म विचको सम्बन्धको बारेमा मिडियामा विभिन्न खबरहरु आइरहेका हुन्छन् । ति मध्य धेरै कुराहरु असत्य हुन्छन् । तर आफूले त्यस्ता सबै अफवाहहरु रोक्न नसकेको कुरा बताएकी छिन् । युलिया भन्छिन् ‘सलमान प्रति मेरो मनमा धेरै सम्मान छ, म आफँैलाई मेरो जिन्दगीले मलाई कता मोड्दैछ भन्ने थाहा छैन ।
हामीहरु आफ्नो जीवनमा धेरै योजना बनाउछौं तर ति सबै कुरा हामीले सोचे अनुसार हुदैनन् । यदि कुनै कुरा हुनु छ भने त्यो भएर छाड्छ ।’
युलियाले यसअघि आफूले कहिले पनि भारत आएर काम गर्ने नसोचेको र यसबारे कुनै योजना पनि नरहेको बताईन । उनलाई सलमानले नै भारत आएर भविष्य बनाउन सहयोग गरेको र आफूले हिन्दी गित गाउँन सोच्दै नसोचेको तर सलमानकै हौसला र सहयोगका कारण गीत गाउन सफल भएको कुरा पनि बताईन ।
युलियाले भनिन सलमान मेरा असल साथी हुन तर सलमानसँगको विवाहको खबर गलत हो । सलमान र युलिया सलमानका घरमा आयोजित केही कार्यक्रम तथा समारोहमा एकसाथ देखिरहन्छन ।
सलमानको परिवारससँग पनि युलिया निकै नजिक छिन् । सलमानले युलीयाको हिन्दी गितको लिंक ट्वीटर मार्फत सेयर गर्दै युलियालाई शुभकामना दिएका छन् ।