समाजसेवामा योगदान पु-याएकालाई गौरव स्मृति तथा वि योर फाउण्डेशनको सम्मान
Friday, June 16th, 2023, 7:17 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १ असार
बाँकेको गौरव स्मृति तथा वि योर फाउण्डेशनले सम्मान तथा आजीवन सदस्यहरुलाई सदस्यता प्रमाण–पत्र वितरण गरेका छ । विगत तिन वर्षदेखि निरन्तर रूपमा सामाजिक कार्यमा सक्रिय भई आम जनमानसबीच आफ्नो पहिचान स्थापित गर्न सफल गौरव स्मृति एण्ड वि योर फाउण्डेशनले विभिन्न व्यक्तिहरुलाई सम्मान तथा आजीवन सदस्यता प्रमाण–पत्र प्रदान गरेको हो ।
गौरव स्मृति फाउण्डेशनले शुक्रबार साधारण सभा तथा सम्मान कार्यक्रमको आयोजना गरी विविध क्षेत्रमा रहि समाजसेवामा योगदान गरेको भन्दै जिवन शर्मा, माधव राम शर्मा, तेजेन्द्र विकलाई सम्मान गरेको छ । यसैगरि पत्रकार स्वार्गिय लक्ष्मण सापकोटालाई मरोपरान्त नगद ११ हजार १ सय ११ रुपैया नगद सिहित सम्मान गरेको छ ।
स्थापनाकालदेखि संस्थाद्वारा गरिएका विभिन्न कार्यहरुमा सहभागी भई कार्यक्रमहरुलाई सफल तुल्याई यस स्थानमा पु¥याउन उल्लेखनीय योगदान सहयोगी भूमिका निर्वाह गरेकोले उनिहरुलाई सम्मान गरिएको संस्थाका संरक्षक प्रदिप शाहुले बताए ।
यसैविच ५ जना सदस्यहरूलाई आजीवन सदस्यता प्रमाण–पत्र प्रदान गरिएको थियो । जसमा निर्मल शाह, राजकुमार लोध, रमन वली, रितेस कुमार शर्मा बढई तथा पवन जयसवाल रहेका थिए ।
कार्यक्रममा बोल्दै नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले स्वर्गिय गौरव शाह प्रति श्रद्धान्जली प्रकट गर्दै स्वर्गिय गौरव शाहको भौतिक उपस्थिती नरहेपनि समाजमा उनले गरेको मानविय सहायताको कामहरुको अमिट छाप अँझैपनि रहेको बताए । उनले यसको निरन्तरताका लागि समेत सो संस्थालाई आग्रह गरेका थिए ।
कार्यक्रमका बिशिष्टि अतिथि तथा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले संस्थाको साधारण सभाको निरन्तरता दिन आग्रह गर्दै गौरवले सुरु गरेको समाज सेवाको यात्रा निरन्तरताका लागि आफ्नो साथ र समर्थन रहने बताए ।
गौरव स्मृति एण्ड वि योर फाउण्डेशनको साधारण सभा तथा सम्मान कार्यक्रम संगसंगै गौरव शाहको स्मृति दिवस समेत भएकोले फाउण्डेशनले बागेश्वरी मन्दीर परिसरका असहायहरुलाई खाना खुवाउनुका साथै सरस्वती माविमा रहेका ३४ जना अटिजम भएका बालबालिकाहरुको विस्तृत स्वास्थ्य सम्बन्धि छलफ समेत गरिएको र विपिचोकमा दीप प्रज्वलन समेत गरिएको थियो ।

..

..