नेपालको संसद सञ्चालनकोे झल्को आउने गरी युवाहरुले चलाए नमूना संसद
Sunday, June 18th, 2023, 7:10 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
बर्दिया, ३ असार
बिहान ७ बजे हलको ढोका खुल्ने बित्तिकै जनाउ घण्टी बज्यो र सबै युवा सांसदहरु संसद भवन भित्र प्रवेश गरी आ–आफ्नो स्थानमा बसे । एक छिनपछि दाया तिरको ढोकावाट युवा सभामुख दीक्षा ढकाल प्रवेश गर्ने बित्तिकै सबै युवा सांसदले उठेर राष्ट्रिय धुन संगै स्वागत गरे । सभामुखले संसद सञ्चालन गर्दा सांसदहलाई सुन्य समय र विशेष समयमा बोल्ने पालो र मन्त्री प्रधानमन्त्री लाई प्रश्न र उत्तर दिने अनुमति दिए । सार्वजनिक महत्वका बिषयमा छलफल, संकल्प प्रस्ताव माथी छलफल, युवा राष्ट्रपति रिना कुमारी थारुवाट नीति तथा कार्यक्रम प्रस्तुत, प्रतिपक्षी दलका युवा नेता अस्मिता चौधरीलाई विशेष समयमा बोल्ने पालो को दृश्य पनि युवा संसद भवन भित्र देखियो । यो दृश्य हेर्दा एक सभ्य र भव्य तरिकाले सदन चलिरहेको जस्तो देखिन्थ्यो ।
बर्दियाको बारबर्दिया नगरपालिकामा युवाहरुमा नेतृत्व विकास गर्नमा सहयोग पुर्याउनका लागि नमुना युवा संसद कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावारणीय विशिष्टिता समुह(बि ग्ु्रप) नेपालगंज, बाँकेको साझेदारीमा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तरगत नमुना युवा संसद कार्यक्रम भएको हो ।
वालविवाह न्युनिकरण गर्ने भूमिकामा सहभागि युवाहरुले स्थानीय तहमा अगुवाई गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा सहभागि सरोकावालाहरुले वालविवाह अन्त्य गर्नमा प्रतिबद्ध रहेको बताए । नमुना युवा संसद संचालन गरिएपछि युवाहरु संसदीय प्रक्रिया र पद्दतीमा अभ्यस्त भएकोले उनिहरुमा नेतृत्व गर्ने क्षमताको विकास भएको छ ।
साथै युवाहरुले नमुना संसदमा वालविवाह अन्त्य सम्बन्धी विषयवस्तुमा छलफल गरि नीतिगत रुपमा निर्णय पारित भएको छ । महत्वपुर्ण विषयमा काम गर्दा, अनुशासन, तयारी, अभ्यास र लगनशीलता हुनु पर्छ भन्ने कुराको महशुस भएको सहभागि युवाहरुको भनाई रहेको छ ।
नमुना युवा संसद समापन कार्यक्रममा बारबर्दिया नगरपालिकाकी नगर उपप्रमुख रत्नकुमारी पाण्डेले वाल विवाह न्युनिबरण अभियानमा युवाहरुले नै महत्वपुर्ण सहयोग गर्ने बताईन् । साझेदार संस्थाहरुले बारबर्दिया नगरपालिकाको २०८३ साल भित्रमा बाल विवाह मुक्त पालिका घोषणा गर्ने र यो बर्ष २ वटा वडालाई वाल विवाह मुक्त वडा घोषणा गर्ने अभियानमा सहयोगको अपेक्षा राखेका छन् । बि गु्रप बाँकेका अध्यक्ष टेकबहादुर पुनले बाल विवाह न्युनिकरणमा निरन्तर सहयोग रहने बताए ।
प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत विमल गैरेले नमुना युवा संसदका सहभागि युवाहरु वालविवाह अन्त्य गर्ने अभियानमा अगुवाई गर्ने अपेक्षा गरे ।
कार्यक्रममा परियोजना संचालन भएको बारबर्दिया, मधुवन, ठाकुरबाबा नगरपालिका र गेरुवा गाँउपालिकाका ४७ जना युवाहरुको सहभागिता रहेको थियो । जेठ २९ देखि ३२ गते सम्म ४ दिन संचालन भएको कार्यक्रममा ४ वटै पालिकाका १६ देखि २४ बर्ष उमेर समुहका युवाहरु सहभागि थिए । कार्यक्रमको सहजिकरण सामाजिक अभियन्ता तथा स्थानीय शासन बिज्ञ प्रकाश उपाध्ययले गरेका थिए ।