पालिका स्तरिय स्वयंसेवी रक्तदाता समाज गठन
Wednesday, June 21st, 2023, 8:19 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ६ असार
बाँकेको राप्तीसोनारी गाउँपालिकामा बुधवार गाउँपालिका स्तरीय स्वयंसेवी रक्तदाता समाज उप–शाखा गठन गरिएको छ । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ देरभर क्रियाशील समाजको उप–शाखा राप्ती सोनारीमा गठन गरिएको हो ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ६ मा बुधवार भएको स्थानीयबासीको भेलाले दिव्या गुरुङको अध्यक्षतामा एघार सदस्यीय कार्यसमिति गठन गरिएको छ । उक्त समितिको उपाध्यक्षमा अमृता के.सी., सचिवमा सुकराम थारु र कोषाध्यक्षमा सुशीला थारु चयन भएका छन् ।
यस्तै सदस्यहरुमा मुकुन्द पाण्डे, केशराम थारु, कृष्ण थारु, वीर बहादुर पुन, राम प्रसाद थारु, विफराम थारु र पतिराम थारु छन् ।
विगत १८ वर्षदेखि त्रैमासिक रक्तदान कार्यक्रम सञ्चालन गर्दै आएको जनमत अद्र्धसाप्ताहिकको त्रैमासिक रक्तदान कार्यक्रममा सहभागी स्वयंसेवी रक्तदाता र पालिकामा आयोजित रक्तदान कार्यक्रममा स्वःस्फूर्त रुपमा रक्तदान गर्दै आएका युवायुवती रक्तदाताहरुको भेलाले ११ सदस्यीय उपशाखा गठन गरेको हो ।
यसअघि खजुरा गाउँपालिका र जानकारी गाउँपालिकामा पालिका स्तरीय उपशाखा गठन भइसकेको छ भने बाँकेका अन्य गाउँपालिकामा उपशाखा गठन गर्ने योजना रहेको समाजका सल्लाहकार पवन जायसवालले बताउनु भयो ।