खजुरा गाउँ सभाको १३ औं अधिवेसन सुरु
Friday, June 23rd, 2023, 9:00 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ असार
बाँकेको खजुरा गाउँपालिकाले आफ्नो गाउँ सभाको १३ औं अधिवेसन सुरु गरेको छ । खजुरेली जनताले विकास निर्माण र आर्थिक विकासमा सहभागिता सूनिश्चितता गर्न हामी आफै बनाउ हाम्रो खजुरा, आत्मनिर्भर र समृद्ध खजुरा भन्ने मुल नाराका सहित प्रत्येक नागरिकले खजुरा निर्माणमा योगदान पुगाउन जनमैत्री निती अङगिकार गर्ने उदेश्यले आगामि आर्थिक वर्षका लागि निचि तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
खजुरा गाउँपालिकाका प्रमुख डम्बर बहादुर विकले प्रस्तुत गरेको निति तथा कार्यक्रममा स्वावलम्वी प्रतिष्पधि र स्वस्थ खजुरेली नागरिक उत्पादन जोड दिइने निति लिएको छ । खजुराले जनताको जिवनस्तर, आम्दानी र रोजगारीका बारेमा समेत निति तथा कार्यक्रममा उल्लेख गरेको छ । प्रस्तुत गरिएको निति तथा कार्यक्रममा खजुराका निर्माणाधिन गौरवका आयोजनाहरुको निर्माण र फोहोर व्यवस्थापनको दिर्घकालिन समाधान गरिने उल्लेख गरिएको थियो ।
खजुराले आन्तरिक आय वृद्धिका लागि राजश्व र करको दायरा सबै पेशा व्यवसायलाई पालिकामा अनिवार्य दर्ता गराउन लगाइने गाउँपालिकाका प्रमुख डम्बर विक तुफानले बताए । नितिमा खजुरा गाउँपालिकालाई नगरपालिका बनाउन आवश्यक आधारहरु तयार गर्ने भएको हो । निति तथा कार्यक्रममा केहि चालु आर्थिक वर्षकै कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ भने केहि विकास उन्मुख योजनाहरु समावेस गरिएका छन ।
पालिकाका सामुदायिक विद्यालयहरुमा डिजिटल सामग्री उपलव्ध गराई विद्यार्थिको सिक्ने क्षमता अभिवृद्धि गरिने निति तथा कार्यक्रममा समावेस छ । पालिकाले प्रत्येक वडामा खेल मैदान निर्माण गर्ने निति लिएको छ । विद्यालय स्वास्थ्य कार्यक्रम सन्चालन गर्न एक आवश्यक बजेटको व्यवस्था गएिको पालिका प्रमुख विकले जनाए । स्वास्थ्य, कृषि, पशुसेवा कल सेन्टर स्थापना गरिने गरि निति निर्माण भएको प्रमुख विकले जनाए ।
खजुराको हरेक वडालाई एक वडा एक गौरवको योजना छनोट गरि सन्चालन गरिने छ । खजुराले विकास निर्माणको कामलाई तिव्रता दिन र पालिकालाई सवल तुल्याउन जेसिवि र रोलर खरिद गरिने जनाएको छ । प्रत्येक वडामा कृषि प्राविधिकको व्यवस्था गर्ने, युवा कृषकका लागि १ वडा १ पकेट क्षेत्र कार्यक्रमलाई विस्तार गर्ने निति लिइएको छ । कृषि उपज समर्थन मुल्य निर्धारण समिति बनाई कृषि उपजमा मुल्य तोक्ने, कृषक पाठशाला सन्चालन गर्ने र तरकारी, फलफुल, दुध, अण्डा, माछा, मासु उत्पादनको आधारमा अनुदान उपलव्ध गराउने निति लिइने गाउँपालिका अध्यक्ष विकले बताए । हरेक गृह हरित गृह अभियान सन्चालन गरिने, कृषि एम्बुलेन्स सन्चालन गर्ने, कृषि उद्योग संचालन गर्ने, कृषकसंग जनप्रतिनिधि सन्चालन गर्ने, छाडा पशु व्यवस्थापन गर्न गौशाला निर्माणको लागि सहयोग गर्ने निति लिइएको जनाइएको छ ।
किसानहरुलाई प्रोत्साहन स्वरुप सिचाँई मिटरमा उठेको विलको ४० प्रतिशत रकम अनुदान स्वरुप उपलव्ध गराइने निति लिइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदिले जानकारी दिए । पशु सुत्केरी भत्तालाई निरन्तरता दिने, पालिका, वडाले गरेका हरेक निर्णयलाई ३ दिन भित्र सार्वजनिक गर्ने परिपाटिको विकास गरिने निति पनि लिइएको छ । गाउँपालिकाबाट प्रदान हुने सेवा प्रवाहमा मुस्कान सहितको सेवाको अवधारणालाई पुर्ण रुपमा कार्यान्वयनमा ल्याइने अध्यक्ष विकले उल्लेख गरे ।
स्थानिय सस्कृति, कलाको संरक्षण गर्दैआन्तरिक पर्यटन पर्वद्धनका लागि सम्भावित स्थानहरुमा होमस्टे सन्चालन गर्न आवश्यक सहयोग गर्ने निति लिइएको पालिकाले जनाएको छ । खजुराको फोहोर व्यवस्थापनको लागि पनि निति तथा कार्यक्रममा समेटिएको छ । फोहोर व्यवस्थापनका लागि व्यवस्थित ल्यान्डफिल्ड साइडको निर्माण गरिने, बसपार्क निर्माण गरि सन्चालन गर्ने लगाएतको निति तथा कार्याक्रम शुक्रबार आयोजित गाउँसभामा सर्वसम्मतले पारित भएको प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिए ।