स्वास्थ्यकर्मी, स्वयंसेविका चकित्सकमाथि आक्रमण गर्नेमाथि स्वास्थ्य मन्त्रालयले दियो कडा चेतावनी
Tuesday, August 11th, 2020, 10:48 am
amit
काठमाण्डौ, २६ साउन । कोरोना संक्रमणको जोखिम कायमै भइरहेको बेला केही दिनदेखि देशभरका विभिन्न जिल्लामा तथा स्विास्थ्यकर्मी, स्वयंसेविका चकित्सकमाथि दुव्र्यवहार हुदैँ आएको घटनाप्रति स्वास्थ्य मन्त्रालयले आपत्ति जनाएको छ ।
मन्त्रालयले बिरामीहरुको सेवामा अहोरात्र खट्ने स्वास्थ्यकर्मी, स्वयंसेविका तथा चिकित्सकमाथिको दुव्यवहारप्रतिको घटनालाई लक्षित गरी आपत्ति जनाएको हो । यसैगरी केही दिन अगाडि मात्र वीरगञ्ज, ललितपुर र बैतडीका अस्पतालमा कार्यरत चिकित्सक ,स्वास्थ्यकर्मीहरु तथा महिला स्वास्थ्य स्वयंसेविकामाथि उच्छृङ्खल व्यक्तिहरुबाट आक्रमण भएको थियो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमका अनुसार अबदेखि स्वास्थ्यकर्मीमाथि आक्रमण भएमा स्वास्थ्य सुरक्षा ऐन बमोजिम कारवाही हुनुका साथै कडा भन्दा कडा कारवाही हुने गरिनेछ ।
त्यस्तै स्थितिलाई सामान्य गर्नुका साथै सेवामा खटिएका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा ब्यवस्था गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै स्वास्थ्यकर्मीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण मिलाइदिन प्रवक्ता गौतमले सुझाव दिएका छन् ।
यसैगरी प्रवक्ता गौतमका अनुसार कोभिड १९ सहित सम्पूर्ण स्वास्थ्य सेवा गुणस्तरका साथ सञ्चालन गर्न सकिनेछ ।
कुनैपनि किसिमको स्वास्थ्य संस्थाहरूबाट प्रदान भइरहेको सेवाप्रति कसैको गुनासो भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हट लाइन नम्बर ११३३ वा १११५ मा टिपाउन हुनको लागि उनले आग्रह पनि गरेका छन् ।