वडा नम्बर ५ मा गरियो जेष्ठ नागरिकलाई सम्मान
Saturday, June 24th, 2023, 1:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ असार
नारी कल्याण समाज बाँकेको आयोजना र नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा जेष्ठ नागरिक भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नारी कल्याण समाज बाँके अध्यक्ष नारायणी रुपाखेतीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथीका रुपमा वडा नम्बर ५ अध्यक्ष हुसेन शेखले जेष्ठ नागरिकलाई सम्मान गरेका थिए ।
जडिबुटी कार्यालयको हलमा भएको कार्यक्रममा ४० जना जेष्ठ नागरिकलाई खादा लगाउँदै उपहार स्वरुप कोशेली प्रदान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष हुसेनले वडामा १ सय ५० भन्दा बढी जेष्ठ नागरिक रहेको बताउँदैं आगामी आर्थिक वर्षको बजेटमा सम्मान गर्न बाँकी रहेका जेष्ठ आमाबुबाहरुलाई सम्मान गर्ने बताए । जेष्ठ नागरिकका लागि थप बजेट बिनियोजन समेत गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे ।

…………….
कार्यक्रममा वडा सदस्य जुबेदा जोलाह, शान्ती पासी, वडा सचिव महेश कुमार यादब , नायब सुब्बा राज सिंह सिजापती, जडिबुटी ब्याबसायी संघका उपाध्यक्ष मेराज अन्सारीले आफनो भनाई राखेका थिए ।
सम्मानित ज्येष्ठ नागरिक रोमहर्ष शाह र राधा देबि श्रेष्ठले ज्येष्ठ नागरिकहरुलाई माया गरेर यसरी सम्मान गरेकोमा आयोजकलाई धन्यबाद दिदैं आगामी बर्षहरुमा यस्तै रचनात्मक कार्यक्रमबाट ज्येष्ठ नागरिकहरुलाई खुशी पार्नु हुन अनुरोध गरे ।
कार्यक्रममा नारी कल्याण समाज बाँकेका उपाध्यक्ष यशोदा उपाध्यायले स्वागत भनाई राखेकी थिईन । कार्यक्रममा संस्थाका महासचिव शोभा गुरुङले सहजिकरण गरेकी थिईन् । कार्यक्रममा ६० बढिको सहभागिता रहेको थियो ।