पोखरामा गएर सामाजिक कार्य गर्दै हेल्थ क्याम्पसका विद्यार्थी
Saturday, June 24th, 2023, 7:36 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ असार
नेपालगन्ज हेल्च क्याम्पसका विद्यार्थीले पोखरामा भएको यति एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुलाई समवेदना प्रकट गरेका छन् ।
गत २०७९ माघ १ गते पोखरामा यति एयरलायन्सको ९ एन एएनसी एटीआर ७२ जहाज दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो ।
दुर्घटना मृत्यु हुनेहरुको सम्झनामा नेपालगन्ज हेल्थ क्याम्पसको डिप्लोमा इन फार्मेसी तेस्रो वर्षका ४० जना विद्यार्थीहरुले दुर्घटना स्थलमा गएर पाँच मिनेट मौन धारण समेत गरेका थिए ।
अध्ययन भ्रमणमा पोखरा गएको नेपालगन्ज हेल्थ क्याम्ससका विद्यार्थीको टिमले मन्दिरको सरसफाईसँगै अन्य विभिन्न सामाजिक कार्यहरु समेत गरेको क्याम्पसकी प्रतिनिधि पदमा थापाले बताईन् ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–१० स्थित आर्दश नगरमा रहेको नेपालगन्ज हेल्थ क्याम्पस पश्चिम नेपालमा स्वास्थ्य क्षेत्रमा दक्ष जनशंक्ति उत्पादन गर्ने कलेजका रुपमा चिनिन्छ । नेपालगन्ज हेल्थ क्याम्पसका विद्यार्थीले हरेक वर्ष अध्ययनसँगै अन्य विभिन्न सामाजिक र मानवीय कार्यहरु गर्दै आएको कलेजका अध्यक्ष मैकुलाल बाल्मिकीले बताए ।

..