लिलमले पाइन् साथी
Friday, June 23rd, 2023, 5:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ असार
बाकेको नेपालगन्ज उप–महानगरपालिका –२१ पुरैनीका लिलम कान्दुको १५ बर्षको सानै उमेरमा विहे भयो । विहे भएको तिन महिना नपुग्दै उनि माथी हिंसा सुरु भयो । सासु र पति बाट बारम्बार शारीरिक मानसिक घटना भयो ।
घरबाट निकाल्ने केहि बाहाना नपाएपछि छिमेकीसँग सल्केको बाहाना बनाएर पाँच दिनसम्म यातना दिएर घरबाट निकाले । त्यसपछि उनी माईत बस्न थालिन् ।
तर,माईतमा पनि उनले हिंसा नै भोग्न थालिन् । उनको यस्तो हविगत देखेपछि उनलाइ साथी संस्थाको सेल्टरमा पु¥याइयो । छिमेकीहरुले मिलेर उनलाई साथी संस्थामा पुराईदिए । उनले त्यहाँ सिलाई कटाई र होटल म्यानेजमेन्ट सम्बन्धि काम सिकिन् । र उनि फेरि माईत फर्किईन् ।
सिप सिक पनि उनले त्यो सिपलाई प्रयोगमा ल्याउन सकिनन् । सिप सिकिसकेपछि पनि उनलाई माईतमा बस्न सहज वातावरण भएन । बस्न नसक्ने स्थिति देखेपछि उनी घर नजिकैको हनुमानको मन्दीरमा बस्न थालिन् । दुइ दाजु र दिदी भएपनि उनि मागेर जिवन गुजारा गर्न थालिन् ।
मन्दीरमा बस्दा उनलाई साह्रै, डरले सताउथ्यो । उनि कहिल्यै राम्रोसंग सुतिनन् ।उनको फेरि उस्तै अवस्थाबारे थाहा पाएपछि साथीसंस्थाले फेरिे उद्दार गर्यो । र सेल्टरमा राख्यो । आफन्त अनि कुनै सहारा नभएपछि पछि उनले साथी संस्थामै कार्यालय सहयोगिको काम गर्न थालिन् । र उनले नियमित कमाउन थालिन् ।
ठुलो संघर्ष पश्चात २०७४ बैशाखमा उनले नागरिकता बनाईन् । २०७८ सालमा उनले आफ्ना पहिलो पति संग अदालति प्रक्रियाबाट सम्बन्ध विच्छेद गरिन् । त्यसबाट पाएको १ लाख रुपैंया उनले मुद्दती खातामा जम्मा गरीन् ।
काम गर्ने क्रममा लिलम जानकी गाउँपालिका बेलभारका मनिस काँदुसंग नजिक भइन् । मानिसले लिलमलाई पहिलो भेटमै प्रेम प्रस्ताव राखे । तर, उनले त्यो कुरा संस्थामा सुनाईन् । संस्थाले केटाको परिवारलाई भेटेर बिवाह पक्का गरे ।
सेल्टरको सहारामा बस्दै आएकी निलमको संस्थाले नै बिहेको जोहो ग¥यो । असार सात गते बिहिबार मनिस र लिलमले विवाह गरे । उनलाइ संस्थाले छोरी जस्तै गरी अन्मायो । जुन संस्थाले उनको उद्धार गरयो । र साहारा त्यहि संस्थाले बिदाइ गरेपछि उनि भाबुक बनिन् । संस्थाका कर्मचारी अभिभावक बने । सबैले बिदाइमा आँसु झारे । निलमको बिदाइमा सबै कर्मचारीका आखा रसाए । सबैले आर्शिरवाद दिदै उनलाइ बिदाइ गरे ।
आफुले जस्तो नारकिय जिवन कसैले भोग्न नपरोस भन्ने लिलमले नयाँ जिवन सुरु गर्न पाउँदा खुसी लागेको बताईन् ।
‘जसलाइ हामीले संरक्षण गरयौ । उसको दुखसुखको साक्षी भयौ उसलाइ आफनै आँगनबाट भारी मनले अन्माउदा बेग्लै खुशिको अनुभुति भएको छ ।’– साथी संस्थाकी सरस्वती शर्माले भनीन् ।

….

….