नेपालगन्जको बिग्रदो अर्थतन्त्रलाई सुधार गर्ने विष्णुको प्रतिवद्धता
Wednesday, August 9th, 2023, 9:38 pm Kalpristha
विष्णु अत्यन्त मिलनसार,परोपकारी स्वभावका धनी, धैर्य गर्न सक्ने, विषयवस्तुको सुक्ष्म अध्ययन गरी व्यवसायिका समस्याका बारेमा प्रष्ट कुरा राख्न सक्ने व्यवसायिक नेताको रुपमा उदाउँदै गरेका व्यक्ति हुन् ।
कालपृष्ठ समाचारदाता नेपालगन्ज, २४ साउन
नेपालगन्ज न्युरोडमा छ लुम्बिनी इन्टरप्राइजेज । तिन दशकको व्यवसायिक अनुभवले अहिले लुम्बिनी इन्टरप्राइजेज नेपालगन्जको चर्चित चुत्ता चप्पलको थोक विक्रेता बनिसकेको छ । पाल्पा तानसेनमा जन्मिएका विष्णुले नेपालगन्जलाई कर्मथलो बनाउँदैं आफनो व्यवसायका क्षेत्रमा एउटा नविनतम उचाई हासिल गरिसकेका छन् ।
व्यवसायका क्षेत्रमा आफुलाई अब्बल सावित गरिसकेका विष्णु अहिले समग्र उद्योगी, व्यवसायीका समस्यलाई समाधान गर्न नेतृत्वदायी भुमिका निर्वाह गर्ने लक्ष्य सहित चुनावी मैदानमा होमिएका छन् । आगामी भदौं २ गते हुन लागेको नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनमा बाणिज्य तर्फ उपाध्यक्षमा उम्मेदवारी दिएका विष्णु आफुजस्तै थुप्रै व्यवसायीले भोगिरहेका समस्या समाधान गर्न प्रतिवद्ध भएर लागिरहेका छन् ।
जुत्ता चप्पल व्यवसायको क्षेत्रमा करिब २८ वर्षको अनुभव छ विष्णुसँग । पाल्पा तानसेन नगरपालिका–१४ जन्मिएका विष्णुको व्यवसायिक करियर थोरै बजेटबाट सुरु भएको थियो । २०५३ सालमा नेपालगन्जको घरबारीटोलबाट उनले करिब २ लाख ५० हजार लगानीबाट व्यवसाय सुरु गरेका थिए । अहिले त्यो व्यवसाय करोडौंको कारोबार गर्ने क्षमतामा पुगिसकेको छ ।
व्यवसायिक अनुभव बढदै गएपछि उनले २०८० सालदेखि समृद्धि टे«डिङ कन्र्सनको सुरुआत गरेका थिए । बुबा धर्मराज र आमा सुनकुमारी श्रेष्ठको कोखबाट जन्मिएका विष्णुको दुई छोरी र एक छोरा छन् । छोरी सामना अस्टे«लियामा इन्जिनियरिङ अध्ययन गर्देछिन छोरा सक्षम १२ कक्षामा अध्ययन गर्छन भने अर्की छोरी ४ कक्षामा अध्ययन गरिरहेकी छिन् ।
नेपालमा चर्चित कम्पनीको रुपमा स्थापित गोल्डस्टार, रोयल फुटवेयर, म्याजिक जस्ता ब्रान्डले उत्पादन गर्ने जुत्ता चप्पलको उनी आधिकारिक विक्रेता हुन् । गत वर्ष लुम्बिनी इन्टरप्राइजेजले गोल्ड स्टार, रोयल फुटवेयर र म्याजिक कम्पनीको उत्कृष्ट डिलरका रुपमा पुरस्कृत भएका थिए ।
विष्णु अत्यन्त मिलनसार,परोपकारी स्वभावका धनी, धैर्य गर्न सक्ने, विषयवस्तुको सुक्ष्म अध्ययन गरी व्यवसायिका समस्याका बारेमा प्रष्ट कुरा राख्न सक्ने व्यवसायिक नेताको रुपमा उदाउँदै गरेका व्यक्ति हुन् । २०५३ साल देखि लुम्बिनी इन्टरप्राइजेज मार्फत जुत्ता चप्पलको थोक व्यवसायमा आवद्ध विष्णु नेपालगन्ज उद्योग वाणिज्य संघको वर्तमान कार्यसमिति सदस्य पनि हुन् । संघले उनले कार्यसमितिको खेलकुद समिति संयोजकको रुपमा पनि आफनो जिम्मेवारी पुरा गरेका थिए ।
नेपालगन्ज जुत्ता चप्पल व्यवसायी संघको निवर्तमान अध्यक्ष विष्णु सामाजिक क्षेत्रमा सक्रिय छन् । उनी लायन्स क्लब अफ नेपालगन्जका वरिष्ठ सदस्य, सामुदायिक प्रहरी सेवा केन्द्र बाँके सदस्य, सद्भाव एफएमका संस्थापक सदस्य, पाल्पाली मिलन केन्द्र बाँकेको सल्लाहाकार, नेवाःपुच बाँकेको कार्यसमिति सदस्य हुन् । आफु निर्वाचित भएपछि खुला सिमाना कारण घट्दै गएको नेपालगन्जको व्यापारलाई माथि उकास्न पहल गर्ने बताउँछन विष्णु । उनी भन्छन, ‘खुला सिमानाको फाइदा उठाउँदैं भारतबाट आउने अवैध सामानका कारण यहाँको अर्थतन्त्र बिग्रदो अवस्थामा छ । बिग्रदो अर्थतन्त्रलाई सुधार गर्न पहल गर्छु । यसले राज्यको अर्थतन्त्रलाई नराम्री असर गरेको छ । यसलाई सहित रुपमा व्यवस्थापन गर्न म नेतृत्वदायी भुमिका निर्वाह गर्नेछु ।’