वडा अध्यक्ष चन्द्रीकाको कुटाईबाट दुई स्थानीय घाईते
Friday, September 15th, 2023, 7:44 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज,२९ भदौं
जानकी गाउँपालिका बाँके–२ का वडा अध्यक्ष चन्द्रीका प्रसाद गुप्ता र उनका भाईले दुई स्थानीयलाई निर्घात रुपमा कुटपिट गरेको आरोप लागेको छ ।
नागरिकताको सिफारिस लिन वडा कार्यालयमा गएका स्थानीय गंगाराम पासी उनका छोरा रामबाबु पासीलाई वडा अध्यक्ष र उनका भाईहरुले निर्घात रुपमा कुटपिट गरेको स्थानीयले बताएका छन् ।
नागरिकता सिफारिसको विषयलाई लिएर सामान्य विवाद हुँदा वडा अध्यक्ष र उनका भाईहरुले स्थानीयलाई कुटपिट गरेर घाईते बनाएका हुन । वडा अध्यक्ष गुप्ताले गंगारामको श्रीमती सुस्मा पासीलाई समेत हातपात गरेका थिए ।
वडाअध्यक्ष लगायतको समुहको कुटपिटबाट घाईते भएका पासी बाबुछोराको नेपालगन्ज स्थित नर्सिङ होममा उपचार भैरहेको छ । घाइते भएका पासीका छोरा रामबाबु विदेश जाने तयारी गरिरहेका छन् ।
विदेश जानको लागि नागरिकता र पासपोर्ट बनाउने तयारी गरिरहेका थिए । नागरिकताको सिफारिस लिन वडा कार्यालयमा गएको बेला वडा अध्यक्षले आफुहरुलाई सिफारिस दिन नमिल्ने भन्दैं गाली गलोज गरेको पासीले बताए । प्रहरी कार्यालयमा गएर सिफारिस दिन मिल्ने भन्दैं वडा अध्यक्षले पासी परिवारलाई धम्काउने प्रयास गरेका थिए ।

…………
राजनिति आस्थाका कारण आफुहरुलाई वडा अध्यक्ष गुप्ताले कुटपिट गरेको पासीले आरोप लगाए । वडा अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधि हुन ।