मौलिक तीज गीतको संगीत तर्फ संगीतकार वाग्ले सर्वोत्कृष्ट
Sunday, September 17th, 2023, 4:07 pm
Kalpristha
१० औं छायाँछवि तीज म्यूजिक अवार्ड २०८० बाट संगीतकार वि.पि. वाग्ले मौलिक तीज गीतको लय (संगीत) तर्फ यस वर्षको सर्वोत्कृष्ट अवार्ड जित्न सफल भएका छन् । काठमाडौँको सांस्कृतिक संस्थान (राष्ट्रि नाचघर) जमलमा शनिबार एक विशेष समारोह बीच यस वर्ष बजारमा आएका मौलिक तीज गीतहरुको विभिन्न विधाका गीतसंगीतलाई छनौट समीतीद्वारा छनौट गरी उत्कृष्ट ५ को नोमीनेसन सार्वजनिक गरिएको मध्ये बरिलै माइतीकै याद आको बोलको मौलिक तिज गीत लय (संगीत) तर्फबाट अवार्ड जित्न सर्वोउत्कृट संगीतकार वाग्ले सफल भएका हुन् ।
नेपाली रिती रिवाज, परम्परा एवम् संस्कृतीलाई संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धन गर्ने हेतुले स्रष्टाहरुले मौलिकता जोगाउन विकास गर्न र खोज अनुसन्धान गर्न अझै प्रोत्साहन मिलोस भन्ने उद्धेश्यले विगत १० वर्ष देखि निरन्तर छायाँछवी तीज म्यूजिक अवार्ड गर्दै आइरहेकोमा यस वर्ष पनि मौलिक तिज गीत लय (संगीत) तर्फ बालापनको तीज– बबीना भट्टराई, बरिलै माइतीको .. वि.पी. वाग्ले, तिजको भाका उहिलेका… विपिन आचार्य, लहरै आयो…. टेकेन्द्र नेपाली र पियारी… दिपक शर्मा गरी ५ जना संगीतकार मध्येबाट अरु भन्दा फरक एवम् मौलिकता जोगाउन खोज अनुसन्धान गरी उत्कृष्ट सृजना बनाउन सफल भएकाले संगीतकार वि.पी. वाग्लेलाई नै यो सर्वोउकृष्ट अवार्ड प्रदान गरिएको हो ।
……….
विशेष गरि सामाजिक चेतना, संदेश र रुपान्तरणका लागि खोजमूूलक गीत संगीतमा रुची राख्ने संगीतकार वाग्ले ले म छहारी हूँ तिम्रो, के भो गल्ती, यो ज्यान मेरो नेपाल, आज भोली, रारा ओ रारा, बरिलै माईती कै याद आको, हामी खेलाडी, आवारा, बाँचुञ्जेली ढाँटी छली खान नपरोस, कोरेर मिठा भावहरु, बनौं साहारा, मेरो प्राण तिमी नै, तराई पहाड हिमाल, पक्कै अब बन्ने छ.., साक्षरता एवम् शिक्षा मुलक, खेदकुद तथा पर्यटन प्रवर्दन सम्बन्धि फरक–फरक विषयबस्तुका गीतहरुमा संगीत दिई सकेका छन् भने साना–साना बालबालिकाको मनोविज्ञान संगै मनोरञ्जन र क्षमता विकासमा सहयोगी बन्ने छ भन्ने विश्वासले खोज अनुसन्धान पछि बाल गीतहरुमा संगीत भरेर छिट्टै सार्वजनिक गर्ने तैयारिमा रहेका छन् ।