नव उद्यमीलाई उत्प्रेरणा दिदैं सकियो नव उद्यमशाला नेपालगन्ज
Friday, September 22nd, 2023, 12:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ असोज
व्यवसाय सम्बद्र्धन केन्द्र संचालन तथा प्रवद्र्धन गर्ने उद्देश्यले नेपालगन्जमा नव उद्यमशाला नेपालगन्ज आयोजना गरिएको छ । नेपालगन्ज व्यवसाय सम्बद्र्धन केन्द्रको आयोजनामा भएको कार्यक्रममा ६० जनाको सहभागिता रहेको थियो ।
नेपालगन्ज उप–महानगरपालिका, अन्तरप्रेरणा प्रालि र नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उप–महानगरपालिका समिति विच भएको त्रिपक्षिय सम्झौता अनुसार नव उद्यमशाला कार्यक्रम गरिएको थियो । नविन सोच र नविन प्रविधिका साथै वातावरण अनुकुलन खालका व्यवसाय उन्मुख उद्यम विकास सृजना गरी दीगो आर्थिक विकास गर्ने उद्देश्यका साथ नव उद्यमशाला गरिएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उप–महानगरपालिका समितिका नव उद्यमशाला कार्यक्रममा लुम्बिनी प्रदेश सभासद अम्बिका काफ्लेका प्रमुख आतिथि, संघिय संसद डा. धवल शमसेर राणा, उद्योग बाणिज्य संघका पुर्व केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठ, घरेलु तथा साना उद्योग महासंघका जिवनाथ सापकोटा, शेषकान्त शर्मा, प्रदेश महासचिव जागेश्व गौतम, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामि, अन्तरप्रेरणा प्रालिका इन्कुवेशन मेनेजर असिम श्रेष्ठ, जिल्ला शाखा महासचिव जि आर भुसाल, नेपालगन्ज उप–महानगरपालिका–९ का वडा अध्यक्ष गोविन्द रेग्मी, सहजकर्ता प्रिया खड्का, जयमंगलम सिमेन्टका संचालक संजय अग्रवाल लगाएतको उपस्थितिमा कार्यक्रम संम्पन्न भएको थियो ।
सो कार्यक्रममा संघीय सांसद, प्रदेश सांसदले नव प्रर्वद्धनमा राज्यले निति बनाई नव उद्यम गर्ने र सो को लागि पहल गर्ने प्रतिवद्धता ब्यक्त गरे । नव उद्यमशाला कार्यक्रम अन्तरगत, नवीन सोच भएका ६३ जना आवेदक मध्ये बाट १३ जना नव उद्यम गर्न चाहाने नव उद्यमीहरु छनोट गरिएको थियो ।
जसमा छनोट भएकाहरुलाई विभिन्न समयमा व्यवसाय संचालनका विभिन्न तरिका, व्यवसायीक संजाल निर्माण, लगानीको खोजी तथा लिङ्केज जस्ता बिषयमा विभिन्न तालिम, प्रशिक्षण, अनुभव साटासाट, प्रविधिको प्रयोग नवीन सोच, ज्ञान सीपका माध्यमबाट आफ्नो व्यवसायलाई थप परिष्कृत गर्न सफल भएका १३ जना उद्यमीको प्रस्तुतिले गरेका थिए ।

………….
कार्यक्रमका सहभागि अतिथिहरुले, यस कार्यक्रमले नेपालगन्जमा नव उद्यमीहरुका लागि उपयुक्त वातावरण सृजना भएको र समृद्ध नेपालगन्ज बन्न योगदान पुग्ने अपेक्षा गरे ।
नव उद्यमशाला कार्यक्रमको सुरुवात देखि हाल सम्म सक्रिय सहभागि उद्यमीहरुद्धारा आफ्नो व्यवसाय सम्बन्धी यात्राको प्रस्तुति (डेमो डे) लाई सबैले प्रोत्साहन गरेका थिए । कार्यक्रमको सहजिकरण कार्यक्रमका फोकल पर्सन बिष्णु खनालले गरेका थिए भने कार्यक्रम संचालन संघका महा–सचिव भोज राज तिमिल्सीनाले गरेका थिए ।