बाँकेमा ६ हजार २३७ पशुपन्छीमा लगाइयो लम्पी स्किन विरुद्धको खोप
Monday, October 2nd, 2023, 4:56 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ असोज
लम्पी स्किन रोगबाट बच्नलाई हालसम्म बाँकेमा ६ हजार २३७ पशुपन्छीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ । बाँकेमा ४१ हजार ५२ सङ्क्रमित पशुपन्छी लम्पी स्किन रोगको सिकार भएका छन् भने १५२ पशुको मृत्यु भइसकेको छ ।
त्यसैगरी लुम्बिनी प्रदेशको १२ जिल्लामध्ये लम्पी स्किनबाट सबैभन्दा बढी पशुको मृत्यु रोल्पामा भएको छ । त्यहाँ ३ हजार ४९१ पशु यो रोग लागेर मरेको निर्देशनालयले जनाएको छ । रोल्पामा ३१ हजार २१८ पशु सङ्क्रमित छन् भने हालसम्म त्यहाँ १८ हजार १६६ पशुपन्छीमा खोप लगाइएको छ ।
त्यस्तै, रुपन्देहीमा ७ हजार ९३४ सङ्क्रमित, ४४७ पशुपन्छीको मृत्यु र ७ हजार ३३२ लाई खोप लगाइएको निर्देशनालयले जनाएको छ । बर्दियामा १ हजार ७८ पशु सङ्क्रमित, १२५ पशुको मृत्यु, दाङमा २९ हजार २११ पशु सङ्क्रमित, ७७६ पशुको मृत्यु, रुकुममा १४ हजार ४०९ सङ्क्रमित, २ हजार ६२ पशुको मृत्यु भएको छ ।
यस्तै, प्युठानमा ३४ हजार ७२० सङ्क्रमित, ८११ पशुपन्छीको मृत्यु, अर्घाखाँचीमा ७ हजार २४१ सङ्क्रमित, ३४२ पशुपन्छीको मृत्यु, गुल्मीमा ९ हजार ४४७ सङ्क्रमित, ३९० पशुपन्छीको मृत्यु भएको छ । यसै गरी, पाल्पामा ६ हजार ६७१ सङ्क्रमित, ३६५ पशुपन्छीको मृत्यु, नवलपरासी पश्चिममा ८९४ सङ्क्रमित र ४१ पशुपन्छीको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यस्तै, अहिलेसम्म कपिलवस्तुमा ४ हजार २५, बर्दियामा ५ हजार २२५, दाङमा ३ हजार ६००, रुकुममा १२०, प्युठानमा ७४७, अर्घाखाँचीमा ४ हजार ४०९, गुल्मीमा ११ हजार १४९ र पाल्पामा २ हजार २६९ पशुपन्छीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ ।
उता, नवलपरासी पश्चिममा अहिलेसम्म एउटा पशुपन्छीमा पनि लम्पी स्किन विरुद्धको खोप लगाइएको छैन । त्यहाँ रोगको प्रकोप निकै कम देखिएकाले नलगाएको हो । नेपालमा अहिलेसम्म लम्पी स्किन विरुद्ध १३ लाख खोप आएको छ । अव दसैँपछि सङ्घीय सरकारले खोपको स्रोत खोजी गरेमा लुम्बिनी प्रदेशमा पनि खोप लगाउन बजेट स्रोत सुनिश्चित गरिएको निर्देशनालयका निर्देशक डा. प्रवेश सिंह कुँवरले बताए ।
विज्ञहरूका अनुसार यो रोग नियन्त्रणको विकल्प भनेको खोप नै भएकोले कन्तीमा ८० प्रतिशत पशुमा यो खोप लगाउनुपर्ने हुन्छ ।