नेपालगन्जमा अनिश्चितकालिन कर्फ्यु
Tuesday, October 3rd, 2023, 4:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १६ असोज
नेपालगन्ज उप–महानगरपालिकाको अवस्था तनाव पुर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नगरक्षेत्रभित्र अनिश्चितकालिन कर्फ्यु लगाएको छ । नेपालगन्जमा केहि दिनयता हिन्दु र मुस्लिम समुदायबिच आपसी सद्भाव बिग्रदै गएको थियो । सामाजिक संजालमा एक हिन्दु युवाको नाममा रहेको फेसबुक आइडीबाट मुस्लिम समुदायलाई लक्षित गरेर लेखिएको स्टाटसको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो ।
गत आइतबार एक युवाले लेखेको स्टाटसले आफनो धर्म र समुदायलाई लक्षित गरेर अपमान जनक शब्द प्रयोग गरेको भन्दैं मुस्लिम युवाहरुले कारबाहीको लागि माग राख्दै बिरोध प्रदर्शन गरेका थिए । जिल्ला प्रशासनमा गएर उनीहरुले उक्त स्टाटस लेख्ने युवालाई कारबाहीको काम गर्दै नगर क्षेत्रमा केहि घण्टा बिरोध प्रदर्शन गरेका थिए ।
अवस्था बिग्रदै गएपछि बाँकेमा शान्ति र सद्भाव कायम राख्न सबै धर्मका अगुवाहरुको बैठकले मंगलबार सद्भाव ¥याली निकाल्ने निर्णय गरेको थियो । जसअनुसार मंगलबार बिहानै सबै धर्मका अगुवा, जिल्ला प्रशासन कार्यालयका प्रमुख विपिन आर्चाय, नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्ट लगायतका विभिन्न दलका नेताहरुको अगुवामा सद्भाव ¥याली समेत गरिएको थियो ।
मंगलबार ओमकार परिवार हिन्दु समाजले नेपालगन्ज नगरमा बन्दको आवहन गर्दै बिरोध प्रर्दशन गरेको थियो । बिरोधका क्रममा सार्वजनिक सम्पक्ति तोडफोड, नगरका केहि पसल र घरमा तोडफोड गर्दै तनावपुर्ण अवस्थाको सृजना गरेपछि स्थानीय प्रशासनले मंगलबार दिउँसो देखि कर्फ्युको घोषणा गरेको छ । तोडफोडका क्रममा केहि सवारी साधान र मोटरसाईकलमा आगजानी समेत भएको छ ।

………..

,…………..

………….
जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख विपिन आर्चायले एक विज्ञप्ती जारी गर्दै नेपालगन्ज नगरसँग जोडिएको पुर्वमा राप्ती नदि पुल, पश्चिममा खजुुरा रोड इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाका क्षेत्रमा कफ्र्यु लगाएको जानकारी गराएका छन् । उक्त स्थानमा स्थानीय प्रशासनले कुनै पनि भेला, सभा समारोह, जुलुस, ¥याली, हुल हुज्जत र अत्यावश्यक काममा बाहेक हिडडुलमा रोक लगाएको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क)(१)(३) बमोजिम जारी गरिएको कफ्र्युको उल्लघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकता अनुसार बल गरी कानुन बमोजिम कारबाही गर्न सक्ने प्रशासनले जनाएको छ ।