बाँकेमा सर्बपक्षीय बैठकको निर्णयः धार्मिक विदेष फैलाउनेलाई कडा कारबाही गरिने
Wednesday, October 4th, 2023, 6:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ असोज
जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार बसेको सर्वपक्षीय बैठकले सामाजिक संजाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भडकाउने, धार्मिक विदेष फैलाउने र धार्मिक आस्थामा आँच आउने क्रियाकलापमा संलग्नलाई कानुन तत्काल कडा कारबाही गर्ने निर्णय गरेको छ ।
यसैगरी जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार दिउँसो बसेको बैठकले शान्ति सुरक्षाको वर्तमान अवस्थालाई पुर्णरुपमा सामान्य अवस्थामा ल्याउने र नेपालगन्जमा क्षेत्र लगाएको कफ्र्यू क्रमश खुकुलो बनाउँदै लग्ने र पुर्ण रुपमा हटाउन जिल्ला स्थित सुरक्षा समतिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले तेस्रो निर्णयका रुपमा सामाजिक सदभाव कायम राख्न र अब उप्रान्त सदभाव भडकिन नदिने प्रतिवद्धता गर्नुका साथैं सबै क्षेत्र, तह र तप्काको उल्लेख्य सहभागिता हुने गरी सदभाव ¥याली गर्ने सहमति गरेको छ ।

…………..
बुधबार भएको सर्वपक्षीय बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आर्चाय, बाँके क्षेत्र नम्बर २ का संघीय सासद डा. धवल शम्सेर राणा, लुम्बिनी प्रदेश सांसद कृष्णा केसी नमुना, नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्धिन राई, विभिन्न राजनिति दलका प्रतिनिधि, धार्मिक अगुवाहरु लगायतको सहभागिता रहेको थियो ।