दशैंको अवसरमा मैत्रीपुर्ण फुटबल सम्पन्न
Monday, October 16th, 2023, 4:07 pm
Kalpristha

…………

…………
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २८ असोज
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ ले बडा दशैं, शुभ दिपावली र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तरुण बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा वडाका अगुवाहरु, वडा सदस्य, सचिव, राजनिति दल, पत्रकार, समाजसेवी र वडावासीहरुको सहभागिता रहेको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रम पछि सहभागि भएका अथितीहरु बिच टिम निलो र टिम सेतो बिच मैत्रीपुर्ण फुटबल पनि खेलिएको थियो । नेपाली कांग्रेस बाँकेका सचिव सुधान्सु कोइरालाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
प्रमुख अतिथी कोइरालाले हिन्दुहरुको महान चाड दशैले नेपालीहरुमा नयाँ उत्साहको संचार गर्दै देश विकासमा सबै क्षेत्रका मानिसहरुमा उर्जाको विकास हुने विश्वास व्यक्त गरे । १२ नम्बर वडाले नगरमा अन्य वडा भन्दा फरक ढंगले उत्कृष्ट र रचनात्मक काम गरिरहेको भन्दैं सचिव कोइरालाले प्रशंसा गरेका थिए ।
वडा अध्यक्ष बज्राचार्यले वडा विकासमा आफनो टिमले सक्रिय भएर काम गरिरहेको बताउँदै आगामी दिनमा जनतालाई प्रत्यक्ष लाभ पुग्ने योजना लिएर अगाडी बढने बताए । १२ नम्बर वडालाई नगरको सक्रिय वडाका रुपमा चिनाउन आफुहरुले मिहिनेत गरिरहेको उनले बताए ।