ग्राहकको चाहना अनुसारको आवसीय घर निर्माण गर्दै वेष्टर्न रियल स्टेट
Friday, November 3rd, 2023, 5:32 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ कात्तिक
वेष्टर्न रियल स्टेट प्रालिले नेपालगन्जमा पहिलो पटक आवसीय घरहरु ‘हाउजिङ’ निर्माण गरेर बिक्री गर्ने भएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १९ बसुदेवपुर सोल्टी होटल नजिकैं वेस्टर्न रियलले आवसीय घरहरु निर्माण कार्य सुरु गर्ने भएको हो ।
कात्तिक १८ गते शनिबार भुमि पुजन गरेर आवसीय घर निर्माण कार्य सुरु गर्ने वेष्टर्न रियल स्टेट प्रालिका वरिष्ट संचालक ईश्वरी प्रसाद ज्ञवालीले कालपृष्ठ दैनिकलाई बताए ।
घर–जग्गा कारोबारको क्षेत्रमा पश्चिम नेपालमा स्थापित कम्पनीको रुपमा वेष्टर्न रियल स्टेटले आफनो परिचय बनाएको छ । २० वर्ष अघि कम्पनीले घर–जग्गाको क्षेत्रमा काम गर्दै आएको छ ।
कम्पनीले सुरुआती समयमा सम्झौता गर्ने ग्राहकलाई विभिन्न सुविधा समेत दिने घोषणा गरेको छ ।
कम्पनीका अनुसार अग्रीम बुकिङ गर्नेलाई विशेष छुट देखि लिएर जग्गा खरिद गरेको ६ महिना भित्रमा घर निर्माण कार्य गरेमा वेष्टर्न रियल स्टेटले २ लाख रुपैयाँ बराबरको निर्माण सामाग्री उपलब्ध गराउनेछ ।
यसैगरी कम्पनीले आवसीय घर निर्माणका लागि सम्झौता गर्ने ग्राहकहरुका लागि अन्य विभिन्न आर्कषक सुविधाहरु समेत उपलब्ध गराएको वेष्टर्न रियल स्टेट प्रालिका वरिष्ट संचालक ईश्वरी प्रसाद ज्ञवालीले बताए ।
भुकम्प प्रतिरोधी क्षमताको बढीमा २.५ तल सम्म रहने घरमा न्युनतम ९ देखि १५ मिटर सम्मको मोहडा भएको ९ धुर देखि १ कठां सम्मको जग्गाको क्षेत्रफल रहने छ ।
न्युनतम १ हजार स्क्वायर फिट देखि ग्राहकको चाहना अनुसारको क्षेत्रफल भएको घर निर्माण एवम हस्तान्त्रण गर्न सकिने, ढल निकास, विद्युतिकरण, ८ मिटर चौडाइको मुल सडक र ६ मिटर चौडाईको सहायक सडक सुविधा, पर्याप्त पार्किङ सहित वातावरण मैत्री आवसीय क्षेत्रका लागि प्रत्येक घरको कम्पाउण्ड अगाडी २ वटा रुख, विरुवा कम्पनीको तर्फबाट बृक्षारोपण गरिने वेष्टर्न रियल स्टेट प्रालिका कार्यालय प्रमुख छाया दत्त शर्माले बताए ।
आवसीय घर खरिद गर्ने सम्झौता गरेपछि ग्राहकको चाहना अनुसारको फिनिसिङ गरिदिने, फाईनान्सको सुविधामा सहजीकरण गर्ने, आवसीय हाजिङ क्षेत्रमा एक रुपताका लागि घडेरी खरिद गरि घर बनाउन चाहाने ग्राहकहरुले रियल स्टेटले तोके बम्मोजिमको डिजाइनको घरहरु निर्माण गर्न गर्नु पर्ने, आवसीय हाउजिङ क्षेत्रका समुदायका लागि सामुदायिक रुपमा प्रयोग गर्न मिल्ने सार्वजनिक स्थानको व्यवस्था गर्ने लगायतको सुविधाहरु वेष्टर्न रियल स्टेटले दिएको छ ।
……………..
………..