शुक्रबार नेपालगन्जमा कन्सर्ट हुँदै, तयारी पुरा
Thursday, November 9th, 2023, 6:51 pm
Kalpristha
नेपालगन्ज, २३ कात्तिक
नेपालगन्जमा शुक्रबार ‘रक अन फेस्टिवल सेलिबे्रर्सन विईथ सुनिल सिंह ठकुरी’ कन्सर्ट हुदैंछ । कालपृष्ठ दैनिकले आयोजना गर्न लागेको कन्सर्टको सम्पुर्णमा नेपालका चर्चित पप गायक सुनिल सिंह ठकुरीसँगै अन्य स्थानीय कलाकारले आफनो प्रस्तुती देखाउनेछन् ।
शुक्रबार नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ९ स्थित यातायात कार्याल नजिकैको खुला मैदानमा हुनेछ । कन्सर्टबाट आम्दानी भएको रकम मानवीय सेवामा खर्चे गर्ने कालपृष्ठ दैनिकका प्रकाशक कमल खत्रीले बताएका छन् । देशले आर्थिक मन्दीको सामना गरिरहेको बेला स्थानीय कलाकारलाई प्रोत्साहन गर्दै मानवीय सेवा गर्ने उद्देश्यले कार्यक्रम गर्न लागेको खत्रीले बताए ।
कन्र्सटमा सुनिलसँगै करिब एक दशकदेखि नेपालगन्जमा बसेर गीत संगीतका क्षेत्रमा योगदान गरिरहेको ‘आवाज द ब्यान्ड’ र स्थानीय कलाकारले पनि आफ्नो प्रस्तुती देखाउने छन् । कन्र्सटमा प्रवेश शुल्क भने निःशुल्क राखिएको खत्रीले बताए ।
कन्सर्टको सोसियल मिडिया पार्टनरका रुपमा नेपालगन्ज ग्यालरी र इन्टरटेन्मेन्ट पार्टनर चित्रभित्र अनलाइन पोर्टल रहेको छ ।कन्सर्ट नेपालगन्ज ग्यालरीमार्फत लाइभ देखाइने आयोजकले जनाएको छ । कन्र्सट आयोजनाको लागि नेपालगन्ज उप–महानगरपालिका, जंयमगलम सिमेन्ट्स प्रालि, नेबिको विस्कुट, पिसफुल स्पा, रेडचिल्ली फ्लोरा रेष्टुरेन्ट एन्ड बार, समशेर मान महतारा, नेपालगन्ज एफजि चर्च, सिने रोयल, क्युएफएक्स, बागेश्वरी, भिएफएक्स, थोपा प्रयोगशाला लगायतले सहयोग गरेको आयोजकले जनाएको छ ।
गायक तथा संगीतकारसमेत रहेका ठकुरीका दुई दर्जनभन्दा बढी गीत सार्वजनिक भई सकेका छन् । हाल जापानमा बस्दै आएका सुनिलको पहिलो एल्बम ‘क्रेजी ह्याट’ हो । पहिलो एल्बममा रहेको ‘भुलीभुली देउ’गीत १०औं इमेज अर्वाडको नयाँ गायक विधाको मनोनयनमा समेत पर्न सफल भएको थियो ।
सुनिलले गाएका गीतमध्ये ‘घटना घट्यो’, ‘जनताजान्न चाहन्छन्’, ‘१४ अञ्चल’, ‘म मान्छे बिन्दास’, ‘बेबी सुन न’चर्चित छन् । उनले जापानमा गाएको ‘नागोया नागोया आउन बेबी नागोया’चर्चित बनेको थियो । उक्त गीतमार्फत् जापानको धार्मिक, सांस्कृतिक र सामाजिक पक्षको प्रचार प्रसारमा योगदान गरेको भन्दैं जापानी सरकार र जापानी सरकारी टेलिभिजन एनएचकेले ठकुरीलाई नगदसहित पुरस्कृतसमेत गरेको थियो ।