हामी सगँसगैं हाम्रो पाईला संस्थाले बाँकेमा देउँसी भैलो खेल्दैं
Sunday, November 12th, 2023, 1:57 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ कात्तिक
सामाजिक क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापना भएको ‘हामी सगँसँगैं हाम्रो पाईला’ नामक संस्थाले हिन्दुहरुको महान पर्व तिहारको अवसरमा देउँसी भैलो खेल्ने भएको छ । महिला सशक्तिकरण, नेतृत्व विकास र पिछडिएका वर्गहरुको हक अधिकारलाई स्थापित गराउने उद्देश्यले स्थापना भएको संस्थाले पहिलो पटक देउँसी भैलो खेल्न लागेको हो । ‘संस्कृति संरक्षणमा हाम्रो पाईला’ भन्ने सन्देशका साथ देउँसी भैलो खेल्ने कार्यक्रमको तयारी संस्थाले गरेको छ ।
संस्कृतिको संरक्षणसँगै सामाजिक क्षेत्रमा काम गर्ने लक्ष्य सहित देउँसी भैलो खेल्न लागेको हामी सँगसँगैं हाम्रो पाईला संस्थाको अध्यक्ष उमा थापामगरले बताईन । संस्थाले देउँसी भैलो कार्यक्रमको तयारीलाई अगाडी बढाउन हामी सगँसँगैं हाम्रो पाईला संस्थाले सचिव मधु खड्काको संयोजकत्वमा तयारी अगाडी बढाएको छ ।
विभिन्न क्षेत्र र पेशामा आवद्ध व्यक्तिहरुको सहभागितामा देउँसी भैलो खेल्ने तयारी भैरहेको कार्यक्रम संयोजक खड्काले बताईन । कात्तिक २७ गते दिउँसो १२ः३० बजे देखि भैलो खेल्ने कार्यक्रमको तयारी भैरहेको उनले बताईन ।
भैलो कार्यक्रमबाट संकलन भएको आर्थिक रकम सामाजिक क्षेत्रमा खर्च गरिने उनले बताईन । भैलो कार्यक्रममा विभिन्न सांस्कृति प्रस्तुत र नेपाली मौलिक परम्परालाई झल्काउने प्रस्तुतीहरुको तयारी गरिरहेको खड्काले जानकारी गराईन् ।
महिलाहरुको उत्थानसँगै सामाजिक कार्य गर्ने उद्देश्यले खेल्ने लागिएको देउँसी भैलो कार्यक्रममा सम्पुर्णको साथ र सहयोगको अपेक्षा गरेको अध्यक्ष उमा थापामगरले बताईन । हामी सगँसँगैं हाम्रो पाईलाले आयोजना गर्ने उक्त देउँसी भैलो कार्यक्रमको मिडिया पार्टनरमा कालपृष्ठ दैनिक र सोसल मिडिया पार्टनर नेपालगन्ज ग्यालरी रहेको छ ।

……………….