रणवीर कपूरलाई लिएर असुरक्षित महसुस गर्छिन् आलिया ?
Saturday, November 18th, 2023, 7:24 pm
Kalpristha
कालपृष्ठ डेस्क
एजेन्सी, २ मंसिर
बलिउड अभिनेत्री आलिया भट्ट विभिन्न कारण सामाजिक संजालमा भाइरल भइरहेकी हुन्छिन् । भर्खरै उनी निर्माता तथा निर्देशक करण जोहरको शो ॅकफी विद करण’ मा पुगेकी थिइन् । अभिनेत्री करीना कपूर खानसँगै पुगेकी शोमा आलियाले आफ्नो व्यक्तिगत जीवनको बारेमा कुराकानी गरेकी छन् ।
ॅअभिनेता रणवीर कपूर अन्य अभिनेत्रीसँग काम गर्दा तिमलाई डाहा हुन्छ कि हुँदैन ? के तिमी रणवीरलाई लिएर असुरक्षित महसुस गर्छौ’ भनेर करणले आलियालाई प्रश्न सोधे । आलियाले प्रश्नको उत्तर दिँदै भनिन्, ॅछि….यो सबै पेज ३ को कुरा हो । यो कुराको केही अस्तित्व छैन । पहिला उनी मेरो श्रीमान हो, त्यसपछि बल्ल अभिनेता हो ।’ यति भन्दै उनले रणवीरको बारेमा थप कुरा नगर्ने बताइन् ।
अभिनेत्री प्रियंका चोपडा, कट्रिना कैफ र दीपिका पादुकोणको अभिनय यात्राबाट के सिक्न चाहन्छौं ? भनेर करणले प्रश्न सोधेका थिए । आलियाले जवाफ फर्काउँदै भनिन्, ॅप्रियंकाको आवाज धेरै सेक्सी छ । मलाई उनको आवाज मनपर्छ । यस्तै दीपिकाको प्रस्तुती एकदम राम्रो छ । जब दीपिका स्क्रिनमा आउँछिन् तब मेरो नजर हट्दैन ।’ यसैगरी उनले अन्तिममा भनिन्, ॅकट्रिना एकदम मेहेनती छिन् । उनले गीतमा गरेको काम मेरो लागि एक सपना हो ।’