रन्जुको कप्तानीमा बाँके महिला क्रिकेट टिम छनोट
Tuesday, December 5th, 2023, 8:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ मंसिर
प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि बाँके जिल्ला क्रिकेट संघले टिम छनोट गरेको छ । कप्तान रन्जु श्रेष्ठको नेतृत्वमा १४ खेलाडी छनोट गरिएको बाँके जिल्ला क्रिकेटसंघका अध्यक्ष सरोबर प्रसाईले बताएका छन् ।
प्रधानमन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी पुष १ देखि १४ गते सम्म काठमाडौंमा हुँदैछ । उक्त प्रतियोगिताको लागि प्रादेशिक छनोटमा सहभागि हुने बाँके जिल्लाको टिम संघले छनोट गरेको हो । अध्यक्ष प्रसाईका अनुसार प्रादेशिक छनोट दाङमा मंसिर २५ गतेदेखि हुदैछ ।
प्रादेशिक छनोट प्रतियोगिता खेल्ने बाँकेको टोलीमा रन्जुसँगैं उपकप्तान शोभा शाही, मनिषा राना, सुस्मिता बजगाई, एलिना बर्मा, चमेली चौधरी, गायत्री कश्यप, जिग्याशा थापा, प्रियंका गुरुङ, स्वष्तिका बजगाई, जयन्ती चन्द, सिमाना मल्ल, लक्ष्मी चन्द र बिन्दु उचई ठकुरी रहेकी छिन् ।

………….
वैकल्पिक खेलाडीको सुचिमा कृष्णा चन्द, निशा चौधरी, गमला जिएम, बिपना शाहि परेका छन् । बाँके जिल्ला क्रिकेट संघका अनुसार बाँकेको टिम प्रशिक्षकमा इरफान हुसेन सैयद रहेका छन् ।