बाँके जिल्ला बचत तथा ऋण सहकारीको अध्यक्षमा प्रेम शाह निर्वाचित
Saturday, January 27th, 2024, 8:40 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ माघ
बाँके जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा प्रेम बहादुर शाह निर्वाचित भएका भएका छन् । शनिबार भएको बाँके जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको निर्वाचनमा शाहले आफना निकटतम प्रतिद्धन्द्धी कृष्ण पाठकलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
शाहले १७ मत प्राप्त गर्दा पाठकले १५ मत प्राप्त गरे । यसैगरी उपाध्यक्ष पदमा भएको निर्वाचनमा १८ मत सहित हिरादेवी खराल निर्वाचित हुनु भएको छ । खरालको निकटतम प्रतिद्धन्द्धी सुशिला पन्तले १५ मत पाउनु भएको थियो ।
……….
यसैगरी बाँके जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको नयाँ कार्यसमितिको सचिवमा विष्णु प्रसाद खनाल, कोषाध्यक्षमा गीता वली क्षेत्री, सदस्यहरुमा नारायणी वली, सीता देवी काफले, राम बहादुर खवास, रिता देवी सुनारी, जमना मल्ल निर्विरोध निर्वाचित हुनु भएको छ ।
यसैगरी लेखा सुपरिवेक्षण समिति संयोजकमा शेर बहादुर बस्नेतले १८ मत पाउदै निर्वाचित हुनु भएको छ । उहाँको निकटतम प्रतिद्धन्द्धी अजिर बहादुर शाहीले १५ मत पाउनु भएको थियो । लेखा सुपरिवेक्षण समिति सदस्यमा हिम बहादुर सुनार र गंगा पुन निर्विरोध निर्वाचित हुनु भएको छ ।