विद्यालयका शिक्षकलाई आयुर्वेद तथा योग सम्बन्धीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न
Saturday, January 27th, 2024, 8:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १३ माघ
विद्यालय शिक्षकहरुका लागि आयुर्वेद तथा योग सम्बन्धी अभिमुखिकरण शनिबार नेपालगन्जमा सम्पन्न भएको छ । बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जको आयोजनामा भएको कार्यक्रमको उद्घाटन नेपालगन्ज आयुर्वेद अस्पतालका अध्यक्ष एवम् नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य मैकुलाल वाल्मिकीले गर्नु भएको थियो ।
बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जको कार्यालय प्रमुख डा. गीता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी विशिष्ट अतिथिको रुपमा उपस्थित हुनु भएको थियो ।
खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्र खजुराका प्रमुख किरण खनाल, कोहलपुर आयुर्वेद स्वास्थ्य केन्द्रका कविराज निरिक्षक गौरी शंकर मण्डलको सहभागिता रहेको थियो ।
अभिमुखिकरण कार्यक्रममा सामुदायिक विद्यालयका शिक्षकहरुलाई आयुर्वेद तथा योग सम्बन्धी अभिमुखिकरण गरिएको थियो । कार्यक्रममा बोल्ने अतिथीहरुले देशका नागरिकलाई स्वस्थ राख्नको लागि योग तथा आयुर्वेद अपरिहार्य रहेको बताउनु भएको थियो । कार्यक्रमका सहभागिहरुले जनताको स्वास्थ्य सेवा प्रवाह गर्न र नसर्ने रोग तथा अनय स्वस्थ जीवन शैलीको लागि महत्वपुर्ण रहेको कार्यक्रमका सहभागिहरुले बताउनु भएको थियो ।
…………
अभिमुखिकरण कार्यक्रमको उद्घाटन समारोहमा आयुर्वेद चिकित्सक डा. शिवराज सुवेदीले स्वागत मन्त्व्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन वरिष्ठ वैद्य सिताराम चौधरीले गर्नु भएको थियो ।