परमेश्वरको मण्डलीद्धारा नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न
Monday, February 19th, 2024, 7:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ७ फागुन
परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपालगन्जमा सोमबार रक्तदान कार्यक्रम गरेको छ । निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान अभियान अन्तर्गत नेपालगन्जमा रक्तदान कार्यक्रम गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी नेपालगन्जको प्रायोजनमा भएको रक्तदानमा करिब एक सय जनाको सहभागिता रहेको थियो ।
परमेश्वरको मण्डली विश्व सुसमाचार समाजका महासचिव पास्टर गिम जु छलले ‘निस्तार–चाडको प्रेम,जीवन बचाउने प्रेम १,२६८औँ विश्वव्यापी रक्तदान अभियान’ आयोजना गरेर जीवन बाँड्ने कार्यमा विशिष्ट योगदान गरेका छन् ।
नेपालगन्ज परमेश्वरको मण्डलीमा आयोजना गरिएको कार्यक्रममा नेपालगन्ज र वीरेन्द्रनगरका विश्वासीहरू, परिवारहरू तथा सहकर्मीहरूको सहभागिता रहेको थियो ।
सोमबार भएको रक्तदान कार्यक्रममा ४८ जनाले रक्तदान गरे । रक्तदान गरेका हेमराज शाहीले खुशीसाथ एक जना मानिसलाई बचाउन रगत दिन पाउदा खुशी लागेको बताए ।
परमेश्वरले विश्वभरीका मानिसहरूलाई आफ्नो अमुल्य रगत दिनको निम्ति कति महान बलिदान गर्नुभएको रहेछ भन्ने गहिरो महसुस गरेको उनले बताए ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा सहभागि नेपालगन्ज उप–महानगरपालिका उप–मेयर कमरुद्धिन राईले रक्तसंकटको समयमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा मण्डलीप्रति कृतज्ञता व्यक्त गरे । उनले भने, ‘सबैको जीवनको निम्ति रगत महत्वपूर्ण छ । कुनै ठाउँमा हेर्दा रगत अभावको कारण मानिस छटपटाई रहेका छन । सबै संघ संस्थाहरूले यो कार्यत्रमलाई हेरेर सिक्नु पर्छ जस्तो लाग्छ ।’
गत महिना पनि बुटवल परमेश्वरको मण्डलीमा गरिएको रक्तदान कार्यक्रममा १ सय १० जनाले रक्तदान गरेका थिए ।
केही समयअघि मात्रै काठमाडौं, इटहरी, टीकापुर, भरतपुर, पोखरा, तारकेश्वर र हेटौंडामा रक्तदान कार्यक्रम सम्पन्न भएको थियो ।
परमेश्वरको मण्डलीले रक्तदान लगायत सामाजिक कल्याणलाई प्रवद्र्धन गर्न विभिन्न गतिविधिहरू गर्दै आएको छ ।
माघ २८ गतेका दिन मण्डलीले भविष्यका कर्णधार बालबालिकाहरूको लागि नुवाकोटको तुप्चेश्वरस्थित श्री कौकेश्वरी माध्यमिक विद्यालयलाई १० वटा कम्प्युटर सहयोग गरे ।

………..
यसअघि, माघ ५ गतेका दिन परमेश्वरको मण्डलीका विश्वविद्यालय विद्यार्थी स्वयंसेवक समूह एसेजले ललितपुरको वृद्धाश्रममा भ्रमण गरी ज्येष्ठ नागरिहरूलाई सम्मान र कृतज्ञता व्यक्त गर्न रात्रिभोजको आयोजना गरेको थियो ।
यसैगरी देशभरका पार्क, खोला, बस स्टप, पुल, विश्वविद्यालय आदि सरसफाइ गरेर वातावरण संरक्षण गर्ने कार्यमा पनि मण्डली अग्रसर भइरहेको छ ।