न्युरोडमा खुल्यो ‘जेडी कलेक्सन एनपिजे’
Wednesday, February 21st, 2024, 2:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ फागुन
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २ न्युरोडमा कृतिम गहनाहरुको घर ‘जेडी कलेक्सन एनपिजे’ संचालनमा आएको छ । बुधबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश शहरी विकास तथा खानेपानी मन्त्री कृष्ण केसी नमुनाले जेडी कलेक्सन एनपिजेको सुभारम्भ गर्नु भयो ।
व्यवसायि रिचा लुइटेलले आफनो जन्मदिनको अवसर पारेर संचालन गरेको जेडी कलेक्सन एनपिजेमा स्वदेशी तथा विदेशी कृतम गहनाहरु विक्रीका लागि राखिएका छन् । ३० लाख रुपैयाँ लगानीमा खुलेको जेडी कलेक्सन एनपिजमा ३ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएको संचालक लुइटेलले बताउनु भयो ।
उद्घाटन कार्यक्रममा मन्त्री केसीले आफुहरु महिला उद्यमीको विकास र प्रवद्र्धनमा सधै सकारात्मक रहेको भन्दैं महिलाहरुले आर्थिक रुपमा आत्मनिर्भर हुन लागि व्यवसायको सुरुआत गर्नु पर्ने बताउनु भयो ।
नेपालगन्जमा खुलेको जेडी कलेक्सन एनपिजले अन्य थुप्रै महिलाहरुलाई व्यवसायमा आउन उत्पे्ररणा दिने मन्त्री केसीले बताउनु भयो ।
महिला उद्यमी संघ नेपाल बाँकेले समन्वय गरेको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष साबित्रा पोखरेल बस्नेतले महिलाहरुलाई आर्थिक रुपमा सशक्त बनाउन सके मात्र देशको आर्थिक अवस्था बलियो बन्दै जाने बताउनु भयो ।
उद्घाटन कार्यक्रममा प्रयर्टन प्रवद्र्धन मंच बाँके अध्यक्ष तथा नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, नेपाली कांग्रेस बाँकेका कार्यवहाक सभापति गोपाल प्रसाद अधिकारी लगायतले जेडी कलेक्सन एनपिजको सफलताको शुभकामना दिनु भएको थियो ।
घरबाट ५ हजारमा सुरु गरेको व्यवसायलाई विस्तार गर्दै न्युरोडमा व्यवसाय सुरु गर्न पाउँदा आफु उत्साही भएको संचालक लुइटेलले बताउनु भयो ।
बुधबार आफनो जन्म दिनको अवसरमा व्यवसायी लुइटेलले मानव सेवा आश्रममा रहनु भएका असहयहरुका लागि एक छाकको खाना बराबरको रकम ५ हजार १ सय रुपैयाँ पनि आर्थिक सहयोग गर्नु भएको थियो ।
…………
……………..