स्वस्थ जीवन शैलीमा: दिन चर्या तथा रात्रीचर्याको महत्व
Friday, February 23rd, 2024, 12:06 pm
Kalpristha
आयुर्वेद र स्वास्थ्य
……………..
डा. शिवराज सुवेदी
आयुर्वेद चिकित्सक
हामीले स्वास्थ्यको लागि अपनाउनुपर्ने दैनिक गतिविधि लाई आयुर्वेदमा दिनचर्या भनिएको छ । सामान्यतया एक दिन भन्नाले विहान सूर्योदय देखि भोलीपल्टको सूर्योदय सम्मको २४ घण्टाको समयलाई बुझ्ने गरिन्छ । आयुर्वेदमा यस अवधिलाई अहोरात्र भनिएको छ । दिन सत्कार्यका लागि भएकोले यो कर्म-कामको अपेक्षा राख्दछ । भने रात आरामको लागि हो । आयुर्वेदिय स्वास्थ्यको लागि दिनमा आहार–विहार र आचार, विचार, रसायन–अनुशासनको व्यवस्था
गरिएको हुन्छ भने वस्नु र रातमा आराम नगर्नु स्वास्थ्यका प्रतिकूल आचरण हुन भन्ने कुरा आयुर्वेदले निश्चित गरेको छ । ( मानिसले विहान उठेदेखि वेलुका सुत्ने वेला सम्म असल स्वास्थ्यका लागि गनुपर्ने आहार, विचार,
सदाचार, क्रियाकलापहरुलाई दिनचर्या “दिने–दिने चर्या दिनचर्या” (अव्यङ्ग हृदय २-१) ( मानिसले आरामका लागि निदानको पर्याप्त सेवन लगायत रात्री जीवनका स्वस्थकर आचार र व्यवहारको उचित व्यवस्थापन गुर्न र शरीरलाई पूर्ण आरामदायी अवस्थामा पु¥याउनु लाई रात्री चर्या भनिन्छ ।
दिनचर्याको उद्देश्य:
– स्वास्थ्य रक्षार्थको लागि आयु वृद्धि
– इन्द्रिय र मन प्रशन्न
– वल प्राप्ती
– मनमा शान्ती, शुद्धता
– नियमित शरिरले निकाल्ने स्वभाविक मलहरुको उत्सर्ग
-अनुशासन प्राप्ती र मानसिक स्वास्थ्य लाभ आदि ।
१.व्रहम मुहुर्तमा उठ्ने:
व्रहम–ज्ञान, मुहुर्त समय (ज्ञानप्राप्तीको उत्तम समय) आयुर्वेद स्वास्थ्यले विहान
उठ्ने समयलाई व्रहम मुहुर्त भनेको छ । यो समय सुर्योदय हुनुभन्दा चार घडी अर्थात झण्डै दुई घण्टा (१
घण्टा–३६ मिनेट) पहिलेको समय हो । यो समयलाई अमृत–वेला पनि भनिएको छ । अतः यो समयमा
व्युझिएर उठ्ने व्यक्तिले अमृत या सर्वोत्तम स्वास्थ्यका लागि चाहिने प्राण तत्व (अक्सिजन लगायत) पाउछ
।
– व्रहम मुहुर्तमा सुत्ने व्यक्तिका लागि यो स्वर्णीम स्वास्थ्यकर प्रकृति पदत्त अमृत गुम्दछ । साथै यस
समयलाई ज्ञान एवम् तप साधनाका लागि पनि सर्वोत्तम मानिएको छ । यस वेलामा गरिएका
अध्ययन र पठन–पाठन लामो समयसम्म रहिरहने र दिनको तुलनामा थोरै समयमा धेरै ज्ञान
आर्जन हुने कुरा वैज्ञानिकहरुले सिद्ध गरिदिएका छन्।
त्यसै गरी यो समयमा गरिएका सत्कर्म एवम् पुण्य कर्म सवै सार्थक र फलदायि हुन्छन् । यसैले ज्ञानी
ऋषि मुनिहरु यहि समयलाई आफ्नो जप-तप र योग साधनाका लागि उपयोग गर्दछौ ।
२. आचमन-जलपान-उषापान:
यो उषा कालमा पिउने पानी हो । अघिल्लो दिनमा-वेलुका तामाको भाँडोमा राखिएको पानी
भोलिपल्ट पिउनुपर्छ ।
फाईदा ः पाचन प्रणाली नियमित रहन्छ । मल अवरोध हुदैन । अनुहारमा चाउरी समयपूर्व आउनबाट
जोगीन्छ । रोगप्रतिरोधात्मक शक्तिको वृद्धि हुन्छ ।
३. मलमूत्रको त्याग-मलमूत्र विसिर्जन:
– मलमूत्र आदिको त्याग विहानको नित्यकर्म मध्ये मूख्य काम हो । यहि कामलाई नियमित गर्न
सकियो भने हाम्रो स्वास्थ्य धेरै राम्रो हुन्छ । तर नियमित गर्ने नाउमा वलपूर्वक मल त्याग गर्नु
पनि उचित हुदैन । प्राकृतिक वेगको प्रतीक्षा गरी वेग आएपछि मात्र यत्नपूर्वक मलमूत्रको विसर्जन
गर्नुपर्दछ ।
– मलमूत्र त्याग गर्दा बोल्नु हुँदैन साथै खुला स्थान, पत्रपत्रिका, मोवाइल जस्ता कार्यहरु गर्नु हुदैन ।
वरु आफ्नो शरीरमा जम्मा भएको र विकारको त्याग भईरहेको सुखद अनुभूतिमा मनलाई एकाग्र
तुल्याउनुपर्छ ।
४. दन्त धाव-जिहवा निर्लेखन: (दाँत सफागर्ने र जीव्रो सफा)
आयुर्वेदमा दाँतको सफाईलाई निकै महत्व दिइएको छ । नीम, वलुल, करज्ज, दतिवन आदिको
सफा हरियो र नरम डाँठलाई आफ्नै दाँतले चपाएर व्रस जस्तै नरम बनाईएको जडीवुटी व्रसले दाँतको
भित्र बाहिर र तल माथि गरी दाँत माझ्ने कार्यलाई आयुर्वेदमा दन्त धावन-दन्त मंजन या दन्त पवन
भनिन्छ ।
फाईदा ः दाँत स्वच्छ एवम्मजवुत हुन्छन्। मुखको दुर्गन्ध एवम्विषाक्तता नष्ट हुन्छ । जीव्रो स्वच्छ र
सफा रहन्छ । स्वादको ज्ञान राम्रो सँग हुन्छ ।
५. नव्य-प्रतिमर्श
आयुर्वेदमा नाकलाई शिरको द्धारको रुपमा लिईन्छ । ‘नाशा हिं शिरशो द्धारम’
प्रतिदिन २ थोपा तिलको तेल नाकमा हाल्नाले आरोग्य, र विशेष गरी आँखा, नाक, कान, घाँटी, र पोतो
नवस्ने प्रभाव देखाउँछ । नव्यले राम्रो निदान पर्दछ ।
– खाना खाएपछि, पानी पिउने वित्तिकै, मद्यपान गरेको अवस्थामा, नयाँ रुघाखोकी लागेको वेलामा,
गर्भावस्था र सुत्केरी अवस्थामा गर्नु हुदैन र चिकित्सक को प्रत्यन निगरानीमा गर्नु पर्दछ ।
६. गण्डुस-कवल
दाँत, जिव्रो, घाँटी लगायत समस्त मुखको स्वास्थ्यका लागि आयुर्वेदिले गण्डुस र कवल गरी २ थरीका
मुखरोग नाशक, मुख शुद्धि कारक कुल्ला गर्ने विधी बताइएको छ ।
– तिलको तेल, त्रिफला क्वाथ-कादा, नुनपानी तथा आवश्यकताअनुसार अन्य औषधी र जडीवुटीको
घोललाई गण्डुस र कवल धारणका लागि लिन सकिन्छ । गर्मीमा चिसो र जाडोमा तातो पानीले
मुख प्रच्हालन गर्ने । माथिका विधिहरुको गिजा, दाँत, मुटु, फोक्सो, मधुमेह, मुख गन्हाउने आदि
रोगमा फाइदा गर्दछन्।
७. योग, ध्यान, व्यायाम: शरीरको आवश्यकतानुशार योग, ध्यान तथा व्यायाम गर्न सकिन्छ । अवसाद,
तनाव, चिन्ता, दुखाई मोटोपना अनिन्द्रा, थकान आलस्यता, दिर्घरोग, स्मृति वर्धक आदिका फाइदा
८. अम्यङ्ग:
विभिन्न तेलको प्रयोग गरेर शरीरमा विशेष दवाव दिएर गरिने मालिसको विजीलाई अम्यङ्ग भनिन्छ ।
अम्यङ्ग गर्नाले त्वचा-छाला, नसा, जोर्नी मांसपेशी लगायत शरीरका अङ्ग, अवयव वलिया हुन्छन् ।
शारीरिक मानसिक रुपमा फुर्तिलो बनाउँछ । थकाई, दुखाई, कम गर्छ । आँखाको दृष्टिशक्ति बढाँउछ त्वचा
शुद्ध हुन्छ । वर्ण सुन्दर र प्राकृत हुन्छ । निदान राम्रो लाग्छ ।
९. उद्धर्तन उवटन: शरीरको र छालाको आवश्यकतानुसार शीतलताको लागि उद्धर्तनमा चन्दन र
उण्ठाताको लागि अगरु (अगर) ले गर्ने सकिन्छ ।
१०. स्नान: आयुर्वेदमा स्नान लाई अत्यन्त महत्वपूर्ण मानिएको छ । अम्यङ्ग र उद्धर्तन पछि स्नान
अनिवार्य छ ।
– स्नानले गर्मी, दुर्गन्ध पसिना चिलाउने तथा तीर्खा हटाउने, रोगप्रति रोधात्मक क्षमता, वल वायु
जाठराग्नी (पाचनशक्ति) बढाउछ । शीर चिसो पानीले तथा शरीर तातो पानीले स्नान गर्ने ।
११. भोजनग्रहण: शरीर निमार्ण गर्न, शरीरलाई शक्ति प्रदान गर्न र रोग प्रतिरोध क्षमता विकास गर्न,
आफ्नो प्रकृति, अग्नि, वल, देश, काल र आहारको गुण आदि विचार गरी आहार सेवन गर्नुपर्दछ ।
आमाशयको ४ भागमा–२ भाग खाना, १ भाग पानी र १ भाग खाली हुनुपर्छ ।
१२. वस्त्र आभुषण: वस्त्र÷कपडा, आभुषण, जुत्ता आदि शरीरको रक्षाको लागि हुन । यी सवै शरीर र
स्वास्थ्यको लागि अनुकूल हुनुपर्छ ।
१३. जिविका-व्यवसाय: आ–आफ्नो योग्यता वा आर्जनअनुसार परिवार र समाजको हित हुने गरी लोभ–
लालच होइन कर्तव्य पुरा गर्ने शुभ–आशयका साथ शरीर र स्वास्थ्यको अनुकूल हुने जिविका÷व्यवसाय
रोज्नुपर्छ ।
१०. रात्रीचर्या: रातीको ९–१० वजेभित्र शौच आदि बाट निवृत भई ओछ्यानमा जाने र वुवा आमा, गुरु
तथा आफ्नो आस्था रहेका ईश्वरलाई सम्मान पूर्वक स्मरण गरी उपयुक्त आसनमा देव्रे (वाया) कोल्टो परेर
प्रसन्न मनले ७–८ घण्टा गहिरो निदान हुनेगरी निदाउने ।
आयुर्वेद ले रात्री चर्यालाई शयन वा निन्द्राका लागि छुट्याएको हो । दिनभरीको काम, आहार,
विहार, विचार, व्यायाम, व्यवसाय र श्रम आदिका कारणले थकित भएका शारीरिक संयन्त्रलाई पर्याप्त
आराम दिएर पुनः दुरुस्त र ताजा वनाउनु निद«ाके उद्देश्य हो ।
यसरी आयुर्वेद स्वास्थ्यमा दिनचर्या तथा रात्री चर्याको महत्व प्रष्ट हुन्छ ।
लेखक डा. सुवेदी
आयुर्वेद चिकित्सक
बाँके आयुर्वेद स्वास्थ्य केन्द, नेपालगंज बाँकेमा कार्यरत हुनुहुन्छ ।