गैर कानुनी रुपमा क्रिप्टो करेन्सी मार्फत कारोबार गर्ने बर्मा र खाँ प्रक्राउ
Tuesday, April 16th, 2024, 7:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ वैशाख
युएसडीटी(क्रिप्टो करेन्सी) मार्फत गैर कानुनी कारोबार गर्ने दुई जना युवालाई जिल्ला प्रहरी कार्यालयको टिमले प्रक्राउ गरेको छ ।
नेपालगन्ज वडा नम्बर २० का अमृत कुमार बर्मा र जानकी गाउँपालिका वडा नम्बर १ बस्ने रियाज खाँलाई जिल्ला प्रहरी कार्यालयले प्रक्राउ गरेको हो ।
उनीहरुले दैनिक करिब १ करोड सम्मको अवैध कारोबार गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी गराउनु भयो । वर्मा र खाँले बिनान्स र बिटगेट मार्फत अवैध कारोबार गरेको प्रहरीले जनाएको छ ।
गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास तथा अनुसन्धान गर्दा उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डाँगीले जानकारी गराउनु भयो ।
प्रक्राउ परेका दुबै जनालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसूर गरेको देखिएको सोही अनुसार कारबाहीका लागि प्रहरीले प्रक्रिया अगाडी बढाएको छ । प्रहरीले बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डाँगीले जानकारी गराउनु भयो ।