कन्या आधारभुत विद्यालयलको विद्यार्थी भर्ना अभियान शुरु
Wednesday, April 17th, 2024, 12:55 pm
Kalpristha
रबिन्द्र घिमिरे
जानकी, ५ बैशाख
बाँकेको जानकी गाउँपालिका वडा नम्वर ३ मानपुर स्थित श्री कन्या आधारभुत विद्यालयले शैक्षिकसत्र २०८१ को विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन शुरु गरेको छ ।
विद्यार्थी तथा अभिभावकको सरकारी विद्यालयमा आकर्षण घट्दै गएपछी विद्यालयमा विद्यार्थीको सँख्या न्युन बन्दै गएको छ । तर जानकी गाउँपालिका वडा नम्वर ३ मानपुर स्थित श्री कन्या आधारभुत विद्यालयले शैक्षिकसत्र २०८१ को विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन घरदैलो लगायत विभिन्न कार्यक्रम शुरु गरेको छ ।
विद्यालयले शैक्षिक सुधारदेखि अभिभावकको मन जित्न सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने मुल नाराका सहित बैशाक २ गतेदेखि घरदैलो शुरु गरेको हो । विद्यालयले विद्यार्थी अभिभावक भेला गरि सुझाब संकलन समेत थालेको छ । अभियानमा विद्यालयका शिक्षक सहित गाउँपालिका अध्यक्ष छब्बन खाँ ,उपाध्यक्ष रामप्यारी यादव, वडा नम्वर ५ का वडा अध्यक्ष टिकानाथ यादव,वडा नम्वर ६ का वडा अध्यक्ष जगदिश प्रसाद हरिजन,सामाजिक विकास समितीका सम्योजक राम आचल धोवी , कार्यपालिका सदस्य कान्ती कान्दु सहभागी भएका छन् ।
सबैसँग सरसल्लाह गरी घरदैलो कार्यक्रम एकदमै चुस्तदुरुस्त तरिकाले अगाडी वढाईएको विद्यालयकी प्रअ मालती शाही बताउछिन् । साथै छात्राहरुको लागी मात्र बालविकासदेखि कक्षा ७ सम्मको भर्ना अभियान शुरु गरेको विद्यालयकी प्रअ मालती शाहीको भनाई छ ।
पढ्नको लागी कन्या आधारभुत विद्यालयमा सबै सेवा सुविधा राम्रो हुनुका साथै छात्राहरुको लागी शुरक्षित पनि रहेको बताउँछिन कक्षा ७ मा पढ्दै गरेकी बालिका जयन्ती धोवीले बताईन् ।
मधेशी र मुश्लिम समुदायमा विशेष गरि शिक्षामा छोरीहरु पछाडी परेको भन्दै छोरीहरुलाई मात्र शिक्षा प्रदानका लागी र विद्यालयमा छात्राहरुको आकर्षण बढाउन कन्या विद्यालय सन्चालन गरेको गाउँपालिका अध्यक्ष छब्बन खाँले बताए । साथै छात्राहरुको लागी घरबाट ल्याउन लैजानकै लागी आफुले गाउँपालिकाको वजेटबाट नै बसको सुविधा पनि दिएको उनको भनाई छ ।
विद्यालयले पछिल्लो समय शैक्षिक सुधारका लागी सक्रिएता देखाएको विध्यार्थी बुझाई छ । विद्यालयले शिक्षामा सुधारका साथै विध्यार्थीको शुरक्षाको लागी विभिन्न सुविधा समेत बढाउँदै लगेको छ ।