युवा घरको साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न
Saturday, August 24th, 2024, 7:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ भदौ
युवा घरको तेश्रो बार्षिक साधारण सभा तथा दोश्रो अधिबेशन शनिवार सम्पन्न भएको छ । संस्थाले वर्षभरी गरेका कार्यक्रमको समिक्षा तथा भावि कार्ययोजना तय गर्दै सो साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शिक्षा आर्जन गर्ने बाहनामा वर्सेनी हजारौ युवाहरु विदेशिन बाध्य भएको बताए । शिक्षा आर्जन गर्ने भनेर बिदेश जाने तर फर्केर स्वदेश नआउने प्रबृद्धिको विकास भएको बताउदै युवाहरुलाइ स्वदशमै रोक्ने अवसरको सिर्जना गर्नेतर्फ लाग्नुपर्ने विष्टको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका विष्टले युवा घरले युवाहरुको क्षेत्रमा महत्वपुर्ण कार्य गरिरहेको बताए ।
कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका वडा नं. ९ अध्यक्ष गोविन्द रेग्मीले संस्था दर्ता हुनमात्रै ठुलो कुरा नभएको बताउदै संस्थालाई उद्देश्यअनुरुप चलायमान गर्न सक्नु नै महत्वपुर्ण कुरा भएको बताए । समाज रुपान्त्रणमा युवाहरुको महत्वपुर्ण भुमिका रहेको बताउदै रेम्मीले भने “बिभिन्न प्रकारको कुलतमा फसेका युवाहरुको पुनस्थापना गर्नु आजको आवश्यता हो ।”
कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाका सदस्य गणेश भट्टराइले देश निर्माणमा युवाहरुको भुमिका महत्वपुर्ण भएको भन्दै युवाको क्षेत्रमा महत्वपुर्ण काम गर्नुपर्ने बताए । कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका वडा नं. १९ का कार्यबाहक वडा अध्यक्ष सोहन वर्मा, बासका निवर्तमान अध्यक्ष रमेश सिटौला, दिदिबहिनी समाजकी अध्यक्ष रमादेवी शाह, नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्ट, लगायतले शुभकामना दिएका थिए ।
युवा घरका सदस्य शिव कुमार वर्माले संचालन गरेको कार्यक्रममा उपाध्यक्षा वसन्ती रोकायाले स्वागत गरेका थिए । कार्यक्रममा युवा घरका अध्यक्ष भण्डारीले संस्थाले गरेका कार्यक्रम तथा भावि योजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति
शनिबार नै युवा घरको दोश्रो अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ । बन्द सत्रबाट मन भण्डारीको अध्यक्ष्यतामा संस्थाको नयाँ कार्यसमितिको चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा वसन्ती रोकाया, सचिवमा शिव कुमार वर्मा, कोषाध्यक्षमा विवेक पराजुली, सहसचिवमा जानकी बिक चयन भएका छन् भने सदस्यमा क्रमश: रबिन्द्र बोहरा, शुद्ध चौधरी, तपेन्द्र मलाती, मनिष कर्माचार्य, सरीफ धोवि , शोभा थापा मगर र रमिता शाह चयन भएका छन् । कार्यक्रममा युवा घरका पदाधिकारी, सदस्यहरु, साधारण सदस्य, बिभिन्न संस्थाका प्रतिनिधि लगायतको सहभातिता रहेको थियो ।