१४ दिनदेखि जारी निशेधाज्ञा आज राती १२ बजेपछि हटाउदै बर्दिया प्रशासन
Friday, August 21st, 2020, 5:36 pm
amit
बर्दिया, ५ भदौ । जिल्ला प्रशासन कार्यालय बर्दियाले आज राति १२ बजे देखि जारी गरेको निशेधाज्ञा हटाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार (आज) शुक्रबार राती १२ बजे सम्मका लागि जारी गरेको निशेधाज्ञा हटाउने निर्णय भएको हो ।
यसैगरी बर्दियामा निशेधाज्ञा हटेपनि प्रशासनले भदौ ६ गते देखि लागू हुने गरी बिहान ९ बजे देखि साझ ५ बजे सम्म ब्यापार ब्यवसाय सञ्चालन गर्न दिने, राति ९ बजे देखि बिहान ५ बजे सम्म सवारी सञ्चालनमा रोक लगाउने, बाहिरी जिल्लाबाट बर्दिया प्रवेश गर्दा जिल्ला प्रशासन कार्यालयको अनुमति अनिवार्य हुनु पर्नेछ।
जिल्लाभर ६ गते शनिबार देखि नै सवारी साधनमा लागू हुने गरि महिना र मितिको आधारमा जोर बिजोर प्रणालि लागू गरिने निर्णय भएको समेत प्रशासनले जानकारी दिएको छ ।
त्यस्तै पछिल्लो समय जिल्ला भित्र समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि प्रशासनले जिल्ला भर लागू हुने गरी १४ दिनसम्म निशेधाज्ञा जारी गरेको थियो । व्यापार ब्यवसाय खुला भएपनि स्वास्थ्यका मापदण्ड पूरा गरेर मात्र सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।