पायनियर सहकारीको १३ औं साधारणसभा सम्पन्न
Saturday, December 14th, 2024, 9:58 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २९ मंसिर
पायनियर बचत तथा ऋण सहकारी संस्था लि. को १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष शशि श्ंवारको अध्यक्षतामा १३औं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभामा संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष श्ंवारले देशको अर्थतन्त्र र सहकारी क्षेत्रको सन्द्रर्भमा विवेचना गर्दै भन्नु भयो– विश्वब्यापी रुपमा सर्वमान्य सिद्धान्त अंगिकार गरेको सहकारी क्षेत्रलाई कुनै न कुनै ढंगबाट बद्नाम गर्ने र न्यून आय भएका वर्गको उत्थान हुन नदिन, संगठित तथा असंगठित क्षेत्र, सिमित स्वार्थ समुह तथा ब्यक्तिको कारण सहकारीलाई धुमिल बनाउँने प्रयास भई रहेको धारणा व्यक्त गर्नु भएको छ ।
सहकारीमा देखिएको समस्यालाई खबरदारी गर्दै, सकारात्मक सल्लाह, सुझाव र निरन्तर सहयोगको खाँचो छ । नेपालष् लगायत विश्वका बंैक तथा वित्तिय संस्थाहरु, जनताको निक्षप संकलन गर्ने र सोही निक्षेपलाई परिचालन गरी व्यवसाय गर्न चाहानेहरुलाई आवश्यकता अनुसार लगानी गरी, देशको अर्थतन्त्रमा योगदान दिने गर्दछन् । जनताको निक्षेप एकै समयमा निकाल्न आउदैनन्, कसैले जम्मा गर्छ त कसैले आफ्नो निक्षेप फिर्ता लिन्छ । एकै पटक एकै समयमा निक्षेप फिर्ता लियो भने, कुनै पनि बैक तथा वित्तिय संस्था चल्न सक्दैन । त्यसै गरी एकै पटक भवितव्य भयो भने विमा कम्पनीहरु पनि चल्न सक्दैनन् । अब सहज, असहज परिस्थितिमा थप जिम्मेवार भई संस्थालाई मजवुत बनाउन हातेमालो गर्न सबै सदस्ययहरुमा अनुरोध गर्नु भयो ।
संस्थाले गत आ.ब.को अन्त(अषाढ मसान्त) सम्मको अवधिमा रु २० करोड ९९ लाख ८४ हजार ५ सय २१ रुपैया निक्षप संकलन गरेको छ भने, रु २० करोड ९४ लाख २४ हजार ६ सय ३ रुपैया जम्मा निक्षेप भुक्तनी गरेको छ । त्यसैगरी ७ करोड ९३ लाख ५६ हजार ५ सय ९४ रुपैया कर्जा प्रवाह गरेको छ ।
संस्थाका कोषाध्यक्ष सुर्य कुमार श्रेष्ठबाट पेश भएको वित्तिय प्रतिवेदन अनुसार रु. ८९ लाख ९२ हजार ५ सय रुपैया कुल शेयर पुजी रहेको छ भने चालु वर्षको कारोबारमा १ करोड कुल शेयर पुजी बनाउने लक्ष्य लिईएको छ । बचतमा रु २ करोड बृद्धि गरी रु ८ करोड २४ लाख ७९ हजार ४ सय ३० रुपैया पुर्याउनुका साथै रु.९ करोड ९१ लाख ९५ हजार ७ सय ४२ रुपैया लगानी गर्न लक्ष्य सहित कार्ययोजना साधारण सभाले पाँस गरेको छ ।
सभामा बोल्दै संस्थाका कार्यकारी प्रमुख बिष्णु खनालले संस्थाले तय गरेको लक्ष्य प्राप्त गर्न आबश्यक योजना बनाई काम गर्ने प्रतिबद्धता सहित कुनै महत्वकाक्षीं लक्ष्य नभएकोले यो सजिलै प्राप्त गर्न सकिने धारणा राख्नु भयो ।
नेपालगंज उपमहानगरपालिकाका निवर्तमान उपमेयर उमा थापामगरको प्रमुख आथित्यतामा सम्पन्न उक्त सभामा जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.बाँकेका उपाध्यक्ष हिरा खराल, नेफ्स्कुन नेपालगंज सदस्य सेवा कार्यालयका प्रमुख छत्र धमला, हाम्रो सिभिल कृषि सहकारी संस्था लि.का कार्यवाहक अध्यक्ष श्री जनक राम भण्डारी लगाएतको सहभागिता रहेको थियो ।